no-image

सञ्चय कोष र राष्ट्रिय बिमा कम्पनीबीच बुधबार भएको समझदारीपछि सञ्चय कोषका सञ्चयकर्ताको स्वास्थ्य बिमा हुने भएको हो ।

कर्मचारी सञ्चय कोषमा सञ्चय गर्ने सबै सञ्चयकर्ताको स्वास्थ्य बिमा हुने भएको छ । सञ्चय कोष र राष्ट्रिय बिमा कम्पनीबीच बुधबार भएको समझदारीपछि सञ्चय कोषका सञ्चयकर्ताको स्वास्थ्य बिमा हुने भएको हो । दुई सरकारी कम्पनीबीच भएको सम्झौता तीन वर्षका लागि हो ।

सम्झौतापछि सञ्चयकर्ताले घातक रोगका लागि १० लाखसम्म र अन्य औषधोपचार तथा सामान्य रोगका लागि एक लाख रुपैयाँसम्म पाउनेछन् । उक्त सम्झौतापछि ६ लाख सञ्यकर्तालाई प्रत्यक्ष फाइदा पुग्ने छ । यसमा सञ्चयकर्ताले मूल्य अभिवृद्धि करबाहेक ४ सय २० रुपैयाँ प्रिमियम बुझाउनु पर्ने छ ।

आगामी माघ १ गतेदेखि लागू हुने योजनामा कोषका प्रमुख तुलसीप्रसाद गौतम र बिमा कम्पनीका प्रमुख वीरबिक्रम रायमाझीले हस्ताक्षर गरे ।