सातै प्रदेशको बजेट आज सार्वजनिक हुँदै, २ खर्ब ५४ अर्ब अनुमानित बजेट ल्याउने तयारी

प्रदेश सरकारले कृषि, पर्यटन, सडक, पूर्वाधार, खानेपानी, शिक्षा र रोजगारीलाई मूख्य प्राथमिकता राखेको जनाइएको छ । खासगरी सात ओटै प्रदेशले २ खर्ब ५४ अर्बको अनुमानित बजेट ल्याउने तयारी गरेको जनाइएको छ ।

काठमाडौं । देशका सातै प्रदेशले आगामी आर्थिक वर्ष २०६७/०७७ का लागि आज बजेट सार्वजनिक गर्दैछन् । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले पनि आ–आफ्नो प्रदेशका प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेका छन् ।

प्रदेश सरकारले कृषि, पर्यटन, सडक, पूर्वाधार, खानेपानी, शिक्षा र रोजगारीलाई मूख्य प्राथमिकता राखेको जनाइएको छ । खासगरी सात ओटै प्रदेशले २ खर्ब ५४ अर्बको अनुमानित बजेट ल्याउने तयारी गरेको जनाइएको छ ।

आइतबार अपरान्ह ४ बजे प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।