पर्यटन


नेवानिको चीन उडान टुङ्गो १० दिनभित्र

नेवानिको चीन उडान टुङ्गो १० दिनभित्र

१ असार २०७६, आईतवार १३:५९

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)को चीन उडानका विषयमा १० दिनभित्रमा टुङ्गो लाग्ने भएको छ । वाइडबडी खरिद गरेको १ वर्ष हुँदासमेत नेवानिले नयाँ गन्तव्यमा उडान गर्न सकिरहेका छैन । नेपालको तर्फबाट आवश्यक कागजपत्र पठाइसकेको र सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइनाबाट अनुमति आउनेबित्तिकै उडान सुरु गर्ने.....

चाइनिज खानाका पारखीलाई भिभान्तामा निम्तो : ‘डिम सम्स एन्ड सूप फेस्टिभल’ हुँदै

चाइनिज खानाका पारखीलाई भिभान्तामा निम्तो : ‘डिम सम्स एन्ड सूप फेस्टिभल’ हुँदै

३१ जेष्ठ २०७६, शुक्रबार १६:३७

काठमाडौं । चाइनिज खानाका पारखीहरुलाई लक्ष्य गरी ललितपुरस्थित भिभान्ता होटलले ‘डिम सम्स एन्ड सूप फेस्टिभल’को आयोजना गर्ने भएको छ । फेस्टिभल १९ देखि २९ जूनसम्म दैनिक १२ बजेदेखि २ बजेसम्म हुनेछ । डिम सम्स साना प्लेटमा खाइने एउटा चिनियाँ खाना हो । चिनियाँ भाषामा यसको अर्थ ‘टच द हार्ट’ अर्थात् ‘मुटु छुनु’.....

वसन्तयाममा ६५९ ले सगरमाथा चढे

वसन्तयाममा ६५९ ले सगरमाथा चढे

३१ जेष्ठ २०७६, शुक्रबार १४:४८

काठमाडौँ । सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड (पथप्रदर्शक) सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी ३७८ समेत गरेर जम्मा ६५९ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ । यस याममा सगरमाथा आरोहणका लागि विभिन्न ४४ आरोहण.....

निर्णय पुनर्विचार गर्न लेखा समितिलाई निगमको पत्र, केही समयमै गाँठो फुक्छ, सभापति शाह

निर्णय पुनर्विचार गर्न लेखा समितिलाई निगमको पत्र, केही समयमै गाँठो फुक्छ, सभापति शाह

३१ जेष्ठ २०७६, शुक्रबार १३:२४

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशनमा पुनर्विचार गर्न नेपाल वायु सेवा निगमले पत्र पठाएको छ । समितिको गत फागुन १० गते बसेको बैठकले तत्कालका लागि वाईडबडीको इन्जीन भाडामा लिने र न्यारोबडी जहाजको पार्टपुर्जा लिने सम्बन्धी निकालीएको टेण्डर स्थगित गर्न निर्देशन दिएको थियो । निगमका कार्यकारी.....

नेपाल एयरलाइन्समा प्रशिक्षकका रुपमा फर्किए आङनुरी

नेपाल एयरलाइन्समा प्रशिक्षकका रुपमा फर्किए आङनुरी

३० जेष्ठ २०७६, बिहीबार १८:१५

काठमाडौं । नेपाल वायुसेवा निगम व्यवस्थापनसँग असन्तुष्टि जनाउँदै अमेरिका गएका पाइलट आङनुरी शेर्पा प्रशिक्षकका रुपमा नेपाल फर्किएका छन् । नेपाल वायुसेवा निगमले पहिलो पटक एयर ट्रान्स्पोर्ट अपरेटिङ (एओटी) लाइसेन्स पाएसँगै शेर्पालाई पुनः ल्याइएको हो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पाइलट शेर्पालाई.....

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गरिने

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गरिने

३० जेष्ठ २०७६, बिहीबार १७:०२

लुम्बिनी । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली विकास बैङ्क (एडीबी) को अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको.....

पाइलटलाई तालिम दिन वायुसेवा निगमले पायो एयर ट्रान्सपोर्ट अपरेटिङ लाइसेन्स, ५५ हजार डलर बचत हुने

पाइलटलाई तालिम दिन वायुसेवा निगमले पायो एयर ट्रान्सपोर्ट अपरेटिङ लाइसेन्स, ५५ हजार डलर बचत हुने

३० जेष्ठ २०७६, बिहीबार १४:२१

काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलो पटक एयर ट्रान्सपोर्ट अपरेटिङ (एओटी) लाइसेन्स पाएको छ । नेपालमै पाइलटहरुलाई तालिम दिने उद्देश्यले निगमले सो लाइसेन्स लिन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा आवेदन दिएको थियो । क्यानबाट एओटीको लाइसेन्स पाएसँगै दुई जना पाइलटलाई तालिम दिन सुरु गरिएको निगमका कार्यकारी.....

धवलागिरि आधार शिविर जान पहरामा बन्यो फराकिलो बाटो

धवलागिरि आधार शिविर जान पहरामा बन्यो फराकिलो बाटो

३० जेष्ठ २०७६, बिहीबार १२:२६

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । भीर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख रुपैयाँ.....

सगरमाथा हिमाल आरोहणका क्रममा ५ वर्षमा ५५ जनाले ज्यान गुमाए

सगरमाथा हिमाल आरोहणका क्रममा ५ वर्षमा ५५ जनाले ज्यान गुमाए

२९ जेष्ठ २०७६, बुधबार १८:०७

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहणका क्रममा ५ वर्षमा ५५ जनाले ज्यान गुमाएका छन् । पर्यटन विभागका निर्देशक मीरा आचार्यले सबैभन्दा बढी सन् २०१४ र १५ मा १६÷१६ जनाले ज्यान गुमाएको जानकारी दिइन् । निर्देशक आचार्यका अनुसार २०१६ मा ५ जना, १७ मा ५ जना, १८ मा ४ र १९ मा ९ जनाले ज्यान गुमाएका हुन् ।.....

पर्यटकीय पदमार्ग निर्माण सुरु

पर्यटकीय पदमार्ग निर्माण सुरु

२९ जेष्ठ २०७६, बुधबार ०८:१७

लमजुङ । यहाँका एक पर्यटकीय पदमार्गको निर्माणकार्य सुरु भएको छ । बेँसीशहर नगरपालिका–६ पुमागाउँ घरबासदेखि सोही क्षेत्रमा रहेको ऐतिहासिक कन्यादेवी मन्दिर जाने बाटोमा सिँढी निर्माणको काम भइरहेको छ । उक्त गाउँबाट मन्दिरसम्म पुग्न ५०० मिटर लामो सिँढी निर्माण भइरहेको वडासदस्य वीरेन्द्र गुरुङले बताए । उनका.....