नेपाल एयरलाइन्समा प्रशिक्षकका रुपमा फर्किए आङनुरी

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पाइलट शेर्पालाई प्रशिक्षकका रुपमा ल्याइएको जानकारी दिए । उनले पाइलट शेर्पाले तत्कालका लागि २ जना पाइलटलाई प्रशिक्षण दिने छन् ।

काठमाडौं । नेपाल वायुसेवा निगम व्यवस्थापनसँग असन्तुष्टि जनाउँदै अमेरिका गएका पाइलट आङनुरी शेर्पा प्रशिक्षकका रुपमा नेपाल फर्किएका छन् ।

नेपाल वायुसेवा निगमले पहिलो पटक एयर ट्रान्स्पोर्ट अपरेटिङ (एओटी) लाइसेन्स पाएसँगै शेर्पालाई पुनः ल्याइएको हो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पाइलट शेर्पालाई प्रशिक्षकका रुपमा ल्याइएको जानकारी दिए । उनले पाइलट शेर्पाले तत्कालका लागि २ जना पाइलटलाई प्रशिक्षण दिने छन् ।

वाई–१२ जहाज सञ्चालनका लागि निगमले आन्तरिक रुपमा केबी लिम्बु र फिजोनाथ नेपालीलाई नियुक्त गरेको थियो । ती दुई पाइलटलाई १५ दिनको तालिमपछि जहाज उडाउन पठाइने निगमको भनाइ छ ।

निगमले वाइ–१२ जहाज सञ्चालन गर्न नसकेको आरोप लागिरहेका बेला दुई जना पाइलटलाई कन्ट्राक्टका रुपमा लिइएको हो ।