चाइनिज खानाका पारखीलाई भिभान्तामा निम्तो : ‘डिम सम्स एन्ड सूप फेस्टिभल’ हुँदै

यी सबैमा समुद्री खाना, मासु र तरकारीहरुको मिश्रण हुन्छ । तर, डिम सम्स खानाको एउटा मूल मर्म अझै पनि जीवन्त छ, त्यो हो– यो परिकार सधैं आफूले माया गर्ने प्रियजनहरुका माझ बसेर खानु पर्छ भन्ने मान्यता ।

काठमाडौं । चाइनिज खानाका पारखीहरुलाई लक्ष्य गरी ललितपुरस्थित भिभान्ता होटलले ‘डिम सम्स एन्ड सूप फेस्टिभल’को आयोजना गर्ने भएको छ । फेस्टिभल १९ देखि २९ जूनसम्म दैनिक १२ बजेदेखि २ बजेसम्म हुनेछ ।

डिम सम्स साना प्लेटमा खाइने एउटा चिनियाँ खाना हो । चिनियाँ भाषामा यसको अर्थ ‘टच द हार्ट’ अर्थात् ‘मुटु छुनु’ हो । दसौं शताब्दीमा यो खाना निकै चर्चित थियो, जहाँ दरबारका भान्से अर्थात् सेफहरुले चिनियाँ सम्राटहरुको मुटु छुन डिम सम्स तयार गर्थे ।

भिभान्ता होटलले यही स्वाद नेपालमा पनि खुवाउने उद्देश्यका साथ फेस्टिभल आयोजना गरेको जनाएको छ । डिम सम्स पेटको भोक सन्तुष्ट पार्न नभएर आत्मालाई सन्तुष्ट बनाउन तयार गरिन्छ । डम्पलिङ, स्टिम बन्स, ¥याप र नुडल रोल्स डिम सम्सका चर्चित प्रकार हुन् ।

यी सबैमा समुद्री खाना, मासु र तरकारीहरुको मिश्रण हुन्छ । तर, डिम सम्स खानाको एउटा मूल मर्म अझै पनि जीवन्त छ, त्यो हो– यो परिकार सधैं आफूले माया गर्ने प्रियजनहरुका माझ बसेर खानु पर्छ भन्ने मान्यता ।

एघार दिनसम्म चल्ने डिम सम्स एन्ड सूप फेस्टिभलमा असीमित सूपका प्रकार र शाहाकारी तथा मांसाहारी डिम सम्सको मज्जा लिन सकिन्छ ।

डिम सम्सको मांसाहारी वर्गमा चिकेन, भेंडा, बिफ, पोर्क, समुद्री खाना र हरिया सब्जी पाउन सकिन्छ । फेस्टिभलमा समावेश हुन एक जना व्यक्तिका लागि १ हजार ५ सय रुपैयाँभन्दा बढी मूल्य तोकिएको छ । यसमा पाहुनाहरुले २३ प्रकारका डिम सम्स र १६ प्रकारका सूप र अन्य धेरै परिकारको रसास्वादन गर्न सक्नेछन् ।

डिम सम्सका प्रकारहरु

भेजिटेरियनमा
 स्पानिस कोर्न डम्पलिङ
 मिक्स भेजिटेबल डम्पलिङ
 कोर्न एन्ड पिपर क्रिस्टल डम्पलिङ
 पोक चोई एन्ड मसरुम
 ट्रफल मसरुम

नन भेजिटेरियनमा चिकेन
 साङ्घाई चिकेन डम्पलिङ
 चिकेन कोठे
 चिकेन एन्ड प्राउन सिउ माई
 चिकेन चेसनट

नन भेजिटेरियनमा सिफूड
प्राउन हार गाओ
 प्राउन चङ फन
 प्राउन सिउ माइ
 मिक्स सी फुड
 पिंक क्र्याब डम्पलिङ

नन भेजिटेरियन भेडा, बिफ, पोर्क
स्पाइसी ल्याम्ब डम्पलिङ
 ल्याम्ब सिउ माइ
 बिफ सिउ माइ
 स्पेनिस ¥यनप चिल्ली पोर्क
 पोर्क इन यल्लो कर्री सस

बाओ
प्लेन बाओ भेज
 बुद्धिस्ट बाओ भेज
 मो सु पोर्क ओपन बाओ
 चार सिउ बाओ पोर्क

सूपका प्रकारहरु

भेजिटेरियन
 लेमोन कोरेन्डर
 चिल्ली गार्लिक इडामामी
 स्पाइसी मिसो
 कोर्न ज्याड
 लक्सा
 पम्पकिन कोकोनट

नन भेजिटेरियन
टम यम गाई
 लङ फङ चिकेन
 स्पाइसी सी फुड
 टम खा गाई
 चिकेन ज्याड
 लेमोन कोरेन्डर चिकेन

अल टाइम फेभरेट
 हट एन्ड सावर भेज
 हट एन्ड सावर चिकेन
 स्विट कर्न भेज
 स्विट कर्न चिकेन