
व्यापारी सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारत बिहार, पूर्वी चम्पाकरण मोहतिहारी जिल्ला रक्सौलका ३५ वर्षीय बव्लु पासवान र राजहर्नाही ग्राम पंचायत वडा ३ बस्ने २५ वर्षीय विजय महतोलाई सार्वजनिक गरेको हो।
पासवान मुख्य योजनाकार र महतो अपहरणको क्रममा गाडी चालक भएको प्रहरीको दाबी छ। २०७३ जेठ १३ गते उद्योगपति केडियाको अपहरण भएको थियो। यसअघि पनि प्रहरीले केही व्यक्तिलाइ पक्राउ गरेको थियो।