
रूपन्देहीको देवदहमा अज्ञात समूहको आक्रमणबाट करिब २० वर्षिय अनिश पुरीको मृत्यु भएको छ।
आइतबार साँझ खैरेनीबाट मोटरसाइकलमा भलुहीतर्फ जाँदै गरेका देवदह ५ खैरेनीका पुरीलाई देवदहमा आइतबार राति करिब ८ बजे अज्ञात समूहका युवाले आक्रमण गरी हत्या गरेका छन्।
दुई जना सवार मोटरसाइकलको पछाडि बस्ने अर्का युवा सकुशल छन्।
प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लका अनुसार घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको छ।
मृतक युवाको शवलाई देवदह मेडिकल कलेजमा राखिएको छ।