no-image

देशभित्र उद्योग  व्यवसाय फस्टाउन नसकेको विद्यमान अवस्था थाहा हुँदाहुँदै अझै पनि कानुनमा सुधार गर्न अझै असफल देखियो । सीएनआईले प्रस्टसँग आफ्नो धारणा राखे पनि त्यसअनुसार कानुन बनेका छैनन् । जबसम्म लगानीमैत्री कानुन बन्दैनन्, देशभित्र लगानीको वातावरण बन्दैन । देश परनिर्भर भइरहन्छ ।

सरकारको प्रयास राम्रो छ, रिजल्ट आउन समय लाग्छ

भवानी राणा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घ

सरकारले थालेका प्रयास सकारात्मक छन् । एक वर्षको अवधिमा सरकारले जे गर्न खोजेको छ, त्यो एकदमै राम्रो छ । तर परिणाम मात्रै नआएको हो । रिजल्ट आउन केही समय लाग्छ । आजको भोलि नै रिजल्ट खोज्नुहुन्न ।

सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित ऐनहरु धमाधम संशोधन, खारेज वा नयाँ बनाउन जुटेको छ । यो एकदमै राम्रो पक्ष हो । तर पनि जुन गतिमा सरकार अघि बढ्नुपर्ने हो, त्यो गतिमा बढ्न नसकेको भने पक्कै हो ।

सरकारले उत्पादनमूलक उद्योग प्रवद्र्धन र संरक्षण गर्न सकेको छैन । व्यापार घाटा कम गर्न उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्नुपर्छ । त्यो गर्न सरकार अग्रसर भएको छैन । अबका दिनमा यसतर्फ ध्यान दिनुपर्छ । बैङ्कको ब्याजदरकै कारण धेरै उद्योगकोे भविष्य जोखिममा परिरहेको बेला सरकारले राष्ट्र बैङ्कमार्फत हस्तक्षेप गर्न चुकेको छ । व्यापार घाटा कम गर्न उत्पादनमूलक उद्योग वा देशभित्र सम्भावना भएका क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ ।

सरकारले सबै राम्रो काम मात्रै गरेको छैन । र नराम्रो मात्रै गरेको पनि छैन । सरकारको एक वर्षको अवधि खास उत्कृष्ट पनि होइन । र नराम्रो पनि ।

खोज्दा पनि भेटिएन सरकारको राम्रो काम

राजेशकाजी श्रेष्ठ

अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

सरकारले गरेको राम्रो काम के हो ? टर्च बालेर खोज्दा पनि भेटिएन । एक वर्षको अवधिमा एउटा कुनै क्षेत्रमा राम्रो काम ग¥यो भन्ने उदाहरण छैन । लामो समयपछि बनेको स्थायी सरकारसँग उद्योगी/व्यवसायीको ठूलो आश थियो । अहिले निराशामा बदलिइसकेको छ । सरकारले सुरुमा राम्रै काम गर्न खोजेको थियो । यातायात क्षेत्रमा देखिएको सिन्डिकेट खारेज गर्ने पहल गरेको थियो, त्यसमा हामीले स्वागतसमेत ग¥यौं । तर, अहिले सरकार आफंै सिन्डिकेटधारीसँग मिलेको जस्तो भान भएको छ ।

सुरुवाती दिनमा सरकारले राम्रो काम गर्ने लक्षण ल्याएको थियो । तर, समयक्रममा विगतकै निरन्तरता हुन थालेपछि सरकारमाथि नै प्रश्न उठेको छ । प्रधानमन्त्री केपी ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सफल बनाउन निजीक्षेत्रलाई अघि बढाउने बताएका छन् । तर विभिन्न तथ्याङ्कले देखाएअनुसार नेपालमा आउने लगानी निरन्तर ओरालो गतिमा छन् । त्यसैगरी, डुइङ बिजनेस रिपोर्टले पनि नेपालको वास्तविक चित्र देखाएको छ । त्यसैले सरकारले कुनै क्षेत्रमा पनि राम्रो काम गरेको मैले पाएको छैन ।

सरकारबाट हतोत्साहित बन्यौं

अध्यक्ष, नेपाल उद्योग परिसङ्घ (सीएनआई)

लामो समयपछि देशमा स्थायी सरकार बनेको छ । दुईतिहाइबाट बनेको सरकारले देशभित्र लगानीको वातावरण बनाउने अपेक्षा गरिएको थियो । पुराना कानुनकै कारण देशमा लगानी बढ्न नसकेको अवस्था थाहा हुँदाहुँदै सरकारले कानुन संशोधन गर्न लागे पनि लगानीअमैत्री बुँदाहरु हटाएको छैन । सरकारले अहिले धमाधम कानुन बनाइरहेको छ । तर, त्यो कानुन निजीक्षेत्रमैत्री बनेका छैनन् । हामीले सुझाव दिँदादिँदै सरकारले आपूmअनुकूल कानुन ल्याएको छ ।

देशभित्र उद्योग  व्यवसाय फस्टाउन नसकेको विद्यमान अवस्था थाहा हुँदाहुँदै अझै पनि कानुनमा सुधार गर्न अझै असफल देखियो । सीएनआईले प्रस्टसँग आफ्नो धारणा राखे पनि त्यसअनुसार कानुन बनेका छैनन् । जबसम्म लगानीमैत्री कानुन बन्दैनन्, देशभित्र लगानीको वातावरण बन्दैन । देश परनिर्भर भइरहन्छ ।

विदेशी तथा स्वदेशी लगानीकर्ताले पटकपटक कानुनमा समस्या भएकै कारण लगानी नभित्रिएको बताइरहेका छन् । तर, सरकारले सुन्ने सामथ्र्य राखेन । विगत ३०/४० वर्षदेखि देशमा एउटा मात्रै धन्दा फस्टाएको छ, त्यो भनेको घरजग्गा व्यवसाय । जग्गा किन्ने, घर बनाउने र भाडामा लगाउने व्यवसाय फस्टाएको छ, जसका कारण उद्योग लगाउन आवश्यक जग्गासमेत पाउन छाडेको छ । सरकारले यो विषयमा केही गर्न सकेन ।