सरकारले सुरु गरेको प्रथम राष्ट्रिय आर्थिक गणना अन्तर्गत यहाँका चार अाेटा नगरपालिकामा आर्थिक गणना गरिएको छ । भक्तपुर नगरपालिकामा दुई हजार ६ सय ३० व्यवसायको गणना गरिएको जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख सुरेन्द्र रावलले जानकारी दिए ।
वैशाख २ गतेदेखि सुरू भएको आर्थिक गणना २०७५ अन्तर्गत भक्तपुरमा हालसम्म सात हजार ४ सय २ को आर्थिक गणना गरिएको छ ।
सरकारले सुरु गरेको प्रथम राष्ट्रिय आर्थिक गणना अन्तर्गत यहाँका चार अाेटा नगरपालिकामा आर्थिक गणना गरिएको छ । भक्तपुर नगरपालिकामा दुई हजार ६ सय ३० व्यवसायको गणना गरिएको जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख सुरेन्द्र रावलले जानकारी दिए ।
यस्तै, मध्यपुरथिमि नगरपालिकामा दुई हजार ३ सय ७८, सूर्यविनायक नगरपालिकामा एक हजार ५ सय २५ र चाँगुनारायण नगरपालिकामा ८ सय ६९ व्यवसायको आर्थिक गणना गरिएको छ । आर्थिक गणनाका लागि ६१ गणक र नौ निरीक्षक जिल्लाभरी खटिएका छन् । गणक सबै व्यवसायिक आर्थिक एकाइ अर्थात प्रतिष्ठान, व्यवसायस्थलमै पुगेर गणना गर्नेछन् । वैशाख र जेठमा आर्थिक एकाइको लगत संकलन, प्रशोधन, सञ्चयन, विश्लेषण र प्रकाशन गरिने रावलले बताए ।
इन्टरनेट र कागजी प्रश्नावली फारामको प्रयोग गरी आर्थिक एकाइको विस्तृत विवरण सङ्कलन गर्ने गरी आर्थिक गणना गर्ने क्रम जारी छ । रासस