ऊर्जा र सिँचाइ आर्थिक समृद्धिका इन्जिन

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले देशको आर्थिक समृद्धिमा उर्जा र सिँचाइले इन्जिनको रुपमा काम गर्ने बताएका छन् । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको पाँचौ महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन । विद्युत्तीय विकास र विद्युतीयकरण, औद्योगिकरण गर्न सिँचाइ आयोजनाको निर्माणका लागि सरकारले मुख्य प्राथमिकता दिएको बताए ।

उनले कृषिमा आत्मनिर्भर बनाउन ठूला सिँचाई आयोजनाहरुको निर्माण हुनुपर्ने भन्दै जलस्रोतको विकास र उर्जा क्षेत्रलाई पनि सँगसँगै अगाडी बढाइने उनले बताए । कृषिमा आधुनिकीकरण गर्नका लागि पहिलो सर्त सिँचाइ भएकाले त्यस्को निर्माणमा सरकारले विशेष प्राथमिकतामा राखेको उनको भनाइ छ ।

३ बर्षमा ३ हजार, ५ बर्षमा ५ हजार र दश बर्षमा १५ हजार मेगावाट विद्युत आयोजनाहरुको निर्माण गरी सञ्चालन गर्ने सरकारी लक्ष्य रहेको चर्चा गर्दै मन्त्री पुनले त्यस्का लागि सरकारले तथ्य र अनुसन्धानमा आधारित रहेर भनिएको बताए । एक प्रदेश एक मेगा कार्यक्रम अगाडी बढाएर अगाडी बढ्ने बताए ।

ऊर्जा क्षेत्र र जलविद्युत् उत्पादन क्षेत्रमा स्थानीय सरकार र निजीक्षेत्रसँग सहकार्य गरि सरकार अगाडी बढ्न चाहेको बताए । देशमा ठूला क्षमताका प्रशारण लाइन निर्माण्मा देखिएका समस्या समाधान गर्नका लागि सरकार लागि पर्ने र आगामी २०७५—०८५ लाई उर्जा तथा जलस्रोत दशकको रुपमा लिएको बताए ।