भूटान र बङ्गलादेश दुवै सन् २०१८ मा संसदीय चुनावको तयारीमा छन् । ‘भारत उपक्षेत्रीय समूहलाई गति दिन तटीय समुद्री यातायात व्यवस्थापनमा पनि उत्सुक देखिन्छ,’ नाम नबताउने सर्तमा एक अधिकारीले भने । बिम्स्टेकका महासचिव बङ्गलादेशका एम साहिदुल इस्लाम शिखर सम्मेलनपूर्व छिट्टै काठमाडौंको निरीक्षण भ्रमणमा जानेछन् ।
भारतले क्षेत्रीय कनेक्टिभिटी परियोजनालाई तीव्र गतिमा ट्र्याक गर्न मद्दत पुर्याउन बहुक्षेत्रीय प्रविधि तथा आर्थिक सहयोग (बिम्स्टेक) का लागि बङ्गालको खाडी पहलअन्तर्गत दक्षिण तथा दक्षिणपूर्व एसियाली देशहरुको सात सदस्यीय समूहको चौथो शिखर सम्मेलन छिट्टै हुने सम्भावना छ ।
यस विषयमा जागरूक व्यक्तिहरुका अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिटोभन्दा छिटो बैठक आयोजना गर्न आफ्ना नेपाली समकक्षी केपी शर्मा ओलीलाई प्रभावमा ल्याउने अपेक्षा छ । उनीहरुका अनुसार भारत बिम्स्टेक मल्टी–मोडल कनेक्टिभिटी सम्झौता गर्न उत्सुक छ, खासगरी जब दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)अन्तर्गत प्रस्तावित कनेक्टिभिटी लिङ्क विस्तारै प्रगति हुँदै छ । बिम्स्टेक शिखर सम्मेलनले समूहको उद्देश्यलाई राजनीतिक दबाब दिनेछ ।
भूटान र बङ्गलादेश दुवै सन् २०१८ मा संसदीय चुनावको तयारीमा छन् । ‘भारत उपक्षेत्रीय समूहलाई गति दिन तटीय समुद्री यातायात व्यवस्थापनमा पनि उत्सुक देखिन्छ,’ नाम नबताउने सर्तमा एक अधिकारीले भने । बिम्स्टेकका महासचिव बङ्गलादेशका एम साहिदुल इस्लाम शिखर सम्मेलनपूर्व छिट्टै काठमाडौंको निरीक्षण भ्रमणमा जानेछन् ।
बिम्सटेकअन्तर्गत सहयोगबारे भारतीय विदेशमन्त्री मन्त्री सुष्मा स्वराजद्वारा भारतका पूर्वोत्तर राज्यका मुख्यमन्त्रीहरुको बैठकमा प्रमुख रुपले उजागर गरिएको थियो । बिम्स्टेक कनेक्टिभिटी व्यवस्थापनले सडक, रेल तथा सिपिङका माध्यमले देशहरुलाई जोड्नेछ । समुद्री पारवहनलाई प्रोत्साहित गरिनेछ, किनकि बिम्स्टेकका केही सदस्य राष्ट्र सामुद्री सीमा साझा गर्छन् तथा श्रीलङ्का एउटा द्वीप राज्य हो । भारतले यसै साता बिम्स्टेक प्रक्रियालाई सुचारु बनाउन एउटा बैठकको आतिथ्य गर्दै छ, तथा बङ्ग्लादेशले बिम्स्टेकलाई एउटा खुला व्यापार सम्झौता (एफटीए) लाई दबाब दिन एउटा बैठक आयोजना गर्नेछ ।
हालै दिल्ली भ्रमणका बेला इस्लामले एउटा व्यापारिक बैठकमा भने, ‘अबको समय विगत २० वर्षमा भएको प्रगतिमा एकजुट हुनु र बिम्स्टेकलाई एउटा छुट्टै क्षेत्रीय स्वाद दिन तत्काल कदम उठाउनु हो ।’ इस्लामले भने, ‘एफटीए विकासका लागि कुनै रामवाण थिएन तर, यसले यस क्षेत्रमा विकास र उन्नति बढाउन एउटा महत्त्वपूर्ण पाइला कदम चाल्यो । उनले अगाडि भने, ढाकामा बिम्स्टेक सचिवालयलाई पर्याप्त आर्थिक सहयोगको आवश्यकता छ किनकि यसको बजेट केवल एक मिलियन डलर थियो । यो समूहलाई बलियो बनाउन भारतले बीजधन राख्न सक्छ ।’
धेरै हदसम्म पाकिस्तानद्वारा कैयौं क्षेत्रमा असहयोग गरेका कारण सार्कले एउटा गुटका रूपमा कुनै प्रभाव जमाउन सकेन र भारतले हालका वर्षमा बिम्स्टेकलाई अधिक महत्त्व दिइरहेको छ । अक्टोबर २०१६ मा गोवामा ब्रिक्स समिट आउटरिच कार्यक्रम बिम्स्टेकका नेताहरुसँग आयोजना गरिएको थियो । भारतले हालै सीमापारको आतङ्कवाद पाकिस्तान समर्थित भनेर इस्लामाबादमा सार्क शिखर सम्मेलनमा भाग लिएन ।
बिम्स्टेकले विश्वका डेढ अर्ब अथवा २१ प्रतिशत मानिसलाई एकै ठाउँमा ल्याउँछ, तथा यसको संयुक्त कुल गार्हस्थ्य उत्पादन २.५ ट्रिलियन डलर छ । भारत चार प्राथमिक क्षेत्रमा सहयोग गर्ने अग्रणी देश हो । ती चार प्राथमिक क्षेत्र हुन्– आतङ्कवाद र अन्तर्राष्ट्रिय अपराध, यातायात र सञ्चार, पर्यटन र वातावरण एवम् विपद् व्यवस्थापन ।
एउटा सशक्त कार्यकारी समिति बनाउनुपर्छ जसले क्षेत्रीय रुपमा काम गर्न सकोस् भनी गत साता बङ्गलादेश, भुटान, म्यान्मार र नेपालका प्रतिनिधिहरुले सीयूटीएस इन्टरनेसनलद्वारा आयोजित ‘बङ्गालको खाडीक्षेत्रमा भारतको कनेक्टिभिटी इम्पेरेटिभ्स’मा क्षेत्रीय नीति वार्तामा सुझाव दिएका थिए ।
दि इकोनोमिक टाइम्सबाट गरिएको अनौपचारिक अनुवाद