बजेटमा नयाँपन देखिन आवश्यक

आजको बैठकमा उक्त प्रस्तावमाथिको छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै सांसद खिमलाल भट्टराईले सार्वजनिक क्षेत्रलाई व्यवस्थित रुपले अघि बढाउने र स्वाधीन अर्थतन्त्रको विकासमा ध्यान दिएर बजेट बनाइनुपर्ने बताए ।

राष्ट्रियसभामा आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा जारी छ ।

आजको बैठकमा उक्त प्रस्तावमाथिको छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै सांसद खिमलाल भट्टराईले सार्वजनिक क्षेत्रलाई व्यवस्थित रुपले अघि बढाउने र स्वाधीन अर्थतन्त्रको विकासमा ध्यान दिएर बजेट बनाइनुपर्ने बताए ।

सांसद बद्रीप्रसाद पाण्डेले ‘श्वेतपत्र मुलुकको अर्थतन्त्रलाई आतङ्कित तुल्याउने ढङ्गबाट ल्याइएकाले’ बजेटका बेला त्यसलाई सुधार्न आवश्यक रहेको बताउँदै कृषिलाई व्यवसायीकरण गर्ने पक्षमा बजेट आउनुपर्ने बताए ।

सांसद कालीबहादुर मल्लले राज्यले अवलम्बन गरेको तीनखम्बे अर्थनीतिअनुसार सहकारी क्षेत्रलाई समेट्ने ढंगले बजेट ल्याउन सुझाव दिए । सांसद रामनारायण बिंडारीले मुलुकमा नयाँ शासन नयाँ भएसँगै बजेटमा पनि नयाँपन देखिन आवश्यक रहेको धारणा व्यक्त गरे ।

सांसद हरिराम चौधरीले व्यावहारिक रुपमा कार्यान्वयन हुन सक्ने र नेपाली ढाँचाको बजेट ल्याउन सरकारलाई सुझाव दिए । सांसद कोमल ओलीले ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माण गर्ने आधार तयार पार्दै कृषि, उद्योग, पर्यटनलगायत क्षेत्रमा बजेट यथेष्ट उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

सांसद चक्रप्रसाद स्नेहीले मुलुकलाई आत्मनिर्भर गर्न खानी उत्खननका लागि नीति र बजेटको व्यवस्था गर्न सुझाव दिए । आजको बैठकमा सदस्य बृशेषचन्द्र लाल, अगम वान्तवा, रमेशजंग रायमाझी, राजकुमार कुँवर, अनिता देवकोटा, हरिराम चौधरी, तारादेवी भट्टलगायतले जनताको भावना समेटेर बजेट ल्याउन र सांसद विकास कोषमा बजेट छुट्याउँदा राष्ट्रियसभाका सदस्यका लागि पनि विनियोजन गर्न आग्रह गरे । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३१ गते बिहान ११ बजे बस्नेछ । रासस