लोडसेडिङ हटेपछि निजी क्षेत्र उत्साहित, उद्योग विस्तारको वातावरण बन्यो

नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा हाल कायम लोडसेडिङ अन्त्य भएको घोषणा गरेकोमा नेपाल उद्योग वाणिज्य महासङ्घ त्यसको स्वागत गरेको छ । वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने यसअघिको घोषणा सफल रुपमा कार्यान्वयन गर्न ऊर्जा मन्त्री, उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणप्रति महासङ्घले स्वागत गरेको हो ।

औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्यको घोषणाबाट अव मुलुकभित्र उद्योग व्यवसाय विस्तार, भएका उद्योग व्यवसायको निर्वाध संचालन, उत्पादन प्रवद्र्धन तथा नया“ औद्योगिक विस्तारमा सघाउ पुग्नुका साथै समग्रमा मुलुकको आर्थिक व्यवसायिक विकास, लगानी आकर्षणमा समेत मद्दत पुग्ने महासङ्घको छ ।

प्राधिकरणको निर्णयलाई सराहना गर्दै नया“ आउने उद्योगहरु र क्षमता विस्तार गर्न चाहने उद्योगधन्दाहरुका लागि आवश्यक विद्युत उनीहरुले मागेका बखत सहज रुपमा उपलव्ध गराई दिने वातावरणका लागि महासंघ, उर्जा मन्त्रालय र प्राधिकरण समक्ष आग्रह समेत गर्दछ । साथै प्राधिकरणले विद्युत प्रसारणमा गुणस्तरीय विद्युत प्रवाह गर्नेतर्फ पनि विशेष ध्यान दिनुपर्ने सुझाव महासंघको रहेको छ ।