प्रदेश १ मा किसानमुखी नीति ल्याइने

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) द्वारा आज आयोजित ‘कृषि मूल्य शृङ्खला विकास, अवसर र चुनौती’ विषयको छलफल कार्यक्रममा उनले सरकार कृषिसम्बन्धी योजना अघि बढाउने क्रममा रहेको जानकारी दिए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यस क्षेत्रको कृषि उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भर बन्न सरकारले किसानमुखी नीति ल्याउने बताएका छन् ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) द्वारा आज आयोजित ‘कृषि मूल्य शृङ्खला विकास, अवसर र चुनौती’ विषयको छलफल कार्यक्रममा उनले सरकार कृषिसम्बन्धी योजना अघि बढाउने क्रममा रहेको जानकारी दिए ।

उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका सचिव भीष्मराज बरालले कृषकले राम्रो परिमाणमा अलैंची उत्पादन गरे पनि उचित व्यस्थापन हुन नसक्दा समस्या देखिएको जानकारी दिए । कार्यक्रमका सहभागीले विद्यालयमा अलैँचीसम्बन्धी पाठ्यक्रम बनाएर दक्ष जनशक्ति उत्पादनु गर्नुपर्नेमा जोड दिए । रासस