कञ्चनपुरका चार ठाउँमा आगलागी हुँदा सातलाख क्षति

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार पुनर्वास नगरपालीका बलभद्रबस्तीका शुक्र तामाङको गोठमा आइतबार आगलागी हुँदा गोठमा बाँधिएका चार अाेटा बाख्रा र खोरमा राखिएका २० अाेटा स्थानीय जातका कुखुरा जलेर मरेका छन् ।

हावाहुरीका कारण कञ्चनपुरका छुट्टाछुट्टै चार ठाउँमा विद्युत् सर्ट भई आगलागी हुँदा झन्डै सात लाख रूपैयाँभन्दा बढी मूल्यका घरपालुवा जनावर र कुखुरा जलेर मरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार पुनर्वास नगरपालीका बलभद्रबस्तीका शुक्र तामाङको गोठमा आइतबार आगलागी हुँदा गोठमा बाँधिएका चार अाेटा बाख्रा र खोरमा राखिएका २० अाेटा स्थानीय जातका कुखुरा जलेर मरेका छन् ।

हावाहुरीका कारण विद्युत् सर्ट हुँदा गोठमा अगालागी भएको हो । बाख्रासँगै गोठ पूरै जलेको प्रहरी नायब उपरीक्षक सेटीले बताए ।

विद्युत् सर्ट भएर कुखुरा फार्ममा आगलागी हुँदा बेलडाँडी गाउँपालिका–२ का प्रेम रानाका फार्ममा राखिएका ४ सय कुखुराका चल्ला जलेर मरेका छन् । फार्म पूरै जलेर नष्ट भएको छ ।

यसैगरी, बेलडाँडी–१ का धना कुँवरको कच्ची गोठमा आगलागी हुँदा दुई अाेटा गाईका बाच्छा जलेर मरेका छन् । लालझाडी गाउँपालिका–४ का गंगा बोहराको गोठमा आगलागी हुँदा एक भैँसी र दुई बाख्राको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । चार अाेटै ठाउँमा आइतबार हावाहुरी आएका बेला आगलागी भएको बताइएको छ ।

हावाहुरीले दर्जनौँ स्थानीय बासिन्दाका घर, विद्यालयलगायतका छानासमेत उडाएर नोक्सानी गरेको छ । स्थानीय किसानले लगाएको केराखेतीमा समेत हावाहुरीले नोक्सानी पुर्याएको छ ।