अमूलले भारतबाट दूध ल्याएर नेपालमा दूध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने सोच बनाएको हो । अमूलले नेपालका ठूला डेरी उद्योगलाई ‘अमूल’ ब्रान्डमा सामान उत्पादन गरेर दिन गरेको आग्रहलाई अस्वीकार गरेपछि आफैले नेपालमा पाइला टेक्ने सोच बनाएर अघि बढेको हो ।
भारतीय डेरी उद्योग अमूलले आफ्नो ब्रान्डमा सामान उत्पादन गर्न स्वदेशी उद्योगलाई पटक–पटक आग्रह गरे पनि त्यो अभियान सफल हुन नसकेपछि नेपालमै उद्योग स्थापना गर्ने सोच बनाएको हो ।
अमूलले भारतबाट दूध ल्याएर नेपालमा दूध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने सोच बनाएको हो । अमूलले नेपालका ठूला डेरी उद्योगलाई ‘अमूल’ ब्रान्डमा सामान उत्पादन गरेर दिन गरेको आग्रहलाई अस्वीकार गरेपछि आफैले नेपालमा पाइला टेक्ने सोच बनाएर अघि बढेको हो ।
अमूलले भारतमा बनाउँदै आएका विभिन्न उत्पादन नेपालकै डेरी उद्योगबाट बनाउने र बिक्री गर्न स्टोर स्थापना गर्ने सोच बनाएर प्रस्ताव गरेको थियो । तर, स्वदेशी उद्योगीले अमूलसँग लगानी साझेदार बनेर मात्र काम गर्न तयार भएको जवाफ पठाएपछि त्यसबेला अमूलले मानेन । तर अहिले अाएर ५१ प्रतिशतको हिस्सा दिएर भारतबाट अाफ्नै दूध ल्याएर बेच्ने अभिप्रायले नेपाल आउन लागेको हो ।
ठूला र बढी मार्केट सेयर होल्ड गरेका उद्योगलाई अमूलले आफ्नो ब्रान्डमा सामान उत्पादन गर्न र त्यसबापत अमूलले पैसा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । ‘त्यसरी विदेशी ब्रान्डमा सामान उत्पादन गरेर दिँदा नेपाललाई कुनै फाइदा नपुग्ने भएपछि अमूलको प्रस्ताव तुहिएको थियो,’ एक व्यापारीले क्यापिटल नेपालसँग भने, ‘उद्योगीले अमूलको प्रस्ताव नकारेपछि उद्योग लगाउन राजनीतिक गर्ने व्यक्तिको शरणमा पुगेको हो ।’
स्रोतका अनुसार विगत एक वर्षदेखि अमूलले नेपालमा भित्री रुपमा आफ्नो सक्रियाता बढाउँदै लगेको छ । अमूल सहकारीमा आधारित उद्योग हो । अमूलले नेपालका विभिन्न सहकारीमा लगानी गरेर काम गरिरहेको छ ।