अर्थमन्त्री डा. युवराज खतिवडाले गत चैत २२ गते मन्त्रीस्तरीय निर्णयअनुसार संस्थानमा प्रशासक छनोट तथा सिफरिस गर्न वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति गठन गरेका थिए ।
अर्थ मन्त्रालयले राष्ट्रिय बिमा संस्थानको प्रशासकका लागि अर्थ मन्त्रालयकै वरिष्ठ तथ्याङ्कशास्त्री डा. डिल्लीराज अर्यालसहित तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएकामा झापाका कविप्रसाद पाठक र काठमाडौंका बुद्धकाजी श्रेष्ठ पनि छन् ।
राष्ट्रिय बिमा संस्थानको प्रशासक छनोट तथा सिफारिस समितिले जेठ २ गते संस्थानमा प्रशासक नियुक्तिका लागि सिफारिस गरेको हो । यो सिफारिसका आधारमा अब बस्ने मन्त्रिपरिषद् बैठकले संस्थानमा प्रशासन नियुक्त गर्ने बताइएको छ । यसअघि अर्थले राष्ट्रिय बीमा संस्थानको प्रशासक छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०७४ लागू गरेको थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले गत चैत २२ गते मन्त्रीस्तरीय निर्णयअनुसार संस्थानमा प्रशासक छनोट तथा सिफरिस गर्न वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति गठन गरेका थिए । सिफरिसमा परेका अर्याल अर्थ मन्त्रालयकै आर्थिक नीति तथा विश्वेषण महशाशाखाअन्तर्गत वरिष्ठ तथ्याङ्कशास्त्रीका रूपमा क्रियाशील छन् । जीवन बिमा कारोबार गर्ने संस्थान पूर्ण सरकारी स्वामित्वमा सञ्चालित छ ।
यसअघि गत पुस १६ गतेबाट संस्थानको प्रशासक नियुक्ति प्रक्रिया अघि बढाएकोमा चैत १६ गते अर्थ मन्त्रालयअन्तर्गतको राजस्व सचिव शिशिरकुमार ढुङ्गानको संयोजकत्वमा रहेको छनोट समितिले संस्थानको प्रशासक नियुक्ति प्रक्रिया नै खारेज गरेर आवेदकले बुझाएको परीक्षा दस्तुर नै फिर्ता गरेको थियो ।