दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ

प्रहरीले दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले सोमबार दुई, मङ्गलबार दुई र आज दुईजनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।