चिनी आयातकर्ता नरेश दुगडले सरकारी निर्णयविरुद्ध उत्रिँदै पुरानै भन्सार दर कायम गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । तर, त्यसपछि अदालतले १५ प्रतिशत नै कायम गर्न सरकारको नाममा अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले नरेश दुगडलाई १५ प्रतिशत भन्सार दरमा चिनी आयात गर्न दिन सरकारका नाममा आदेश जारी गरेको थियो ।
स्वदेशी चिनी उद्योग तथा उखु किसानको संरक्षण गर्न सरकारले चिनी आयातमा ३० प्रतिशत भन्सार पुर्याएपछि सरकार र चिनी आयातकर्ता व्यापारीबीच जुहारी चलेको छ । उद्योग तथा ऊखु किसानलाई बचाउन सरकारले १५ प्रतिशतबाट ३० भन्सार प्रतिशत पु¥याएको थियो । सरकारी कदमविरुद्ध असन्तुष्टि जनाउँदै चिनी आयातकर्ता सर्वोच्च पुगेपछि सरकार र व्यापारीबीच विबाद झन् बढेको हो ।
चिनी आयातकर्ता नरेश दुगडले सरकारी निर्णयविरुद्ध उत्रिँदै पुरानै भन्सार दर कायम गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । तर, त्यसपछि अदालतले १५ प्रतिशत नै कायम गर्न सरकारको नाममा अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले नरेश दुगडलाई १५ प्रतिशत भन्सार दरमा चिनी आयात गर्न दिन सरकारका नाममा आदेश जारी गरेको थियो ।
‘सर्वोच्चको आदेश पछि अर्थ मन्त्रालयले बिहीबार भ्याकेट हालेको थियो । अाज पेशी थियाे, अाइतबारलाइ सरेकाे छ,’ अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले भने, ‘आज विशेष कारणले सरेको छ । आइतबार फैसला आउँछ ।’ व्यापारी दुगडलाई ३० प्रतिशत भन्सार कार्यान्वयन नगर्न तथा नगराउन न्यायाधीश बमकुमार श्रेष्ठले अन्तरिक आदेश दिएका थिए । सरकारले हालेको भ्याकेट उनकै बेन्चमा परेकाले हेर्न नमिल्ने भएपछि आइतबारलाई सरेको छ । अर्थ मन्त्रालयले ज्ञान इन्टरप्राइजेज साझेदारी फर्मका मालिक दुगडलाई विपक्ष बनाएर भ्याकेट हालेको थियो । तर, श्रेष्ठले हेर्न नमिल्ने सूचीमा राखेका छन् । आइतबार अर्का न्यायाधीशको बेन्चमा परेपछि फैसला आउँछ ।
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य निरन्तर ओरालो लागेसँगै किसान र चिनी उद्योगी मर्कामा परेपछि सरकारले थोरै भए पनि राहत दिन ३० प्रतिशत भन्सार पु¥याएको थियो । तर, चिनी आयातकर्ता व्यापारीले नयाँ भन्सार दर नमान्ने बन्दै सर्वोच्चमा गएका थिए । नरेश दुगडको चहानाअनुरुप सर्वोच्चले फैसला गरेको थियो । त्यसपछि आज सरकारले भ्याकेट हालेको छ । आजै पेसी तोकिए पनि आइतबारलाई सरेको छ ।
त्यसैगरी, १५ प्रतिशत भन्सारदरमा चिनी आयात गर्न पाऊँ भन्दै सर्वोच्च पुगेका व्यापारीको रिट पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ ।