नेपाल ट्रेड समिट

नेपाल, भारतलगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल उद्योगी, सिमेन्ट र ऊर्जा उत्पादकहरुको बिशेष सहभागिता रहको यस कार्यक्रममा तीन सयभन्दा बढी प्रतिनिधि, २५ भन्दा बढी प्रदर्शनकर्ताहरुले सहभागिता जनाएका थिए ।

स्टिल, सिमेन्ट र ऊर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायी एवम् सरोकारवालाहरुलाई एउटै साझा थलोमा ल्याई व्यावसायिक अन्तक्र्रिया गराउने उद्देश्यले जेठ ३ र ४ गते होटल सोल्टी, काठमाडौंमा नेपाल ट्रेड समिट सम्पन्न भएको छ ।

नेपाल, भारतलगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल उद्योगी, सिमेन्ट र ऊर्जा उत्पादकहरुको बिशेष सहभागिता रहको यस कार्यक्रममा तीन सयभन्दा बढी प्रतिनिधि, २५ भन्दा बढी प्रदर्शनकर्ताहरुले सहभागिता जनाएका थिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले समिटको उद्घाटन गर्दै देशमा अझै पूर्वाधारहरु धेरै बन्न बाँकी रहेको र मुलुक लोड सेडिङ मुक्त भई लगानीको वातारण बनेकाले नेपालमा लगानी गर्न अनुरोध गरे । त्यसैगरी नेपालका प्रतिष्ठित उद्योगी प्रदिपकुमार श्रेष्ठले देशमा लगानीको लागि धेरै अवसर रहेको बताउँदै छिमेकी मुलुकका लगानीकर्तालाई नेपालमा साझेदारी गर्न स्वागत गरे । कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मालगायत लगानी बोर्डका कार्यकारी महाप्रसाद अधिकारीलेसम्बोधन गरेका थिए ।

स्टिलमिन्ट इभेन्टस् इन्डियाले आयोजना गरेको यस कार्यक्रममा नेपाल र छिमेकी मुलुकका स्टिल, सिमेन्ट र ऊर्जा क्षेत्रका औद्योगिक विकास, चीन तथा अन्य मुलुकहरुबाट प्राप्त हुन सक्ने कच्चा पदार्थको मुल्याङ्कन, उद्योगमा नयाँ अवसर, भावी दिनमा हुने कच्चा पदार्थको माग र आपूर्तीको अवस्था, निमार्ण क्षेत्रका समस्यालाई सम्बोधन गर्ने लगायत यस क्षेत्रका प्राविधिक ज्ञानका बारे जानकारी गराइएको थियो ।