आर्थिक उदारीकरणपछि चीनले सस्तो श्रमलाई उपयोग गर्दै निर्माण क्षेत्रमा नेतृत्व लिएर आफूलाई विश्वको वर्कशप बनाएको तथा भारतले अङ्ग्रेजीमा पोख्त शिक्षित जनशक्तिलाई उपयोग गर्दै सुचना प्रविधिको क्षेत्रमा छलाङ मारेको सन्दर्भमा नेपालको अर्थतन्त्रलाई समृद्धितिर डोराउने त्यस्तै क्षेत्र के हुन सक्छ भन्ने प्रश्नमा शाक्यको जवाफ थियो : हाम्रो मुस्कान ।
भरतपुरस्थित डबली क्याफेमा सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् अर्थतन्त : नेपाली इलम र उद्यमको यात्रा’माथि तथा नेपाली उद्यमशीलताका चुनौती र अवसरबारे छलफल सम्पन्न भएको छ ।
कार्यक्रमका लागि चितवन पुगेका शाक्यले अर्थात् अर्थतन्तका लेखकले लेखनको सन्दर्भ कोट्याउँदै पहिलो पुस्तक अनलिसिङ नेपाल सार्वजनिक भएपछि नेपालको अर्थतन्त्रबारे नेपालीमै लेख्न अधिक दबाब आएपछि नेपाली पाठकको लागि नै आफूले नयाँ पुस्तक लेखेको बताए बताए ।
शाक्यले दुवै पुस्तक तथा पत्रपत्रिकामा स्तम्भ लेखनमा समेत नेपालमा उद्यमशीलताको अवरोधका रुपमा प्रस्तुत गर्दै आएको बहाले मानसिकता ९रेन्टसिकिङ० प्रवृत्तिलाई थप विस्तारमा चर्चा गरेको बताए ।
पछिल्ला वर्षहरुमा युवाहरुले अनेक क्षेत्रमा उद्यमशीलता प्रदर्शन गरेकाले नेपाली ब्रान्ड अन्तर्राष्टि«य ब्रान्ड बन्न सफल भएको उनको भनाइ छ । शाक्यले अन्तर्राष्टि«य ब्रान्ड बन्न सफल हिमालयन जाभा र बाजेको सेकुवाजस्ता ब्रान्डहरुबाट प्रेरणा लिएर अन्तर्राष्टि«य बजार नै लक्षित गरेर युवाहरुले व्यवसाय र उद्यम शुरु गर्नुपर्नेमा जोड दिए ।
अहिले फेरिएको राजनीतिक अवस्थामा देशको राजनीतिक स्थिरताले उद्यमलाई कति टेवा पु¥याउला भन्ने प्रश्नमा शाक्यले राजनीतिक अस्थिरता समाजकै प्रतिविम्ब भएकाले स्थिरता आउँदैमा स्वतः उद्यमशीलता नफस्टाउने भन्दै जिम्बाब्वेमा दशकौंसम्म स्थिर शासन गरेका मुगाबेका कारण ध्वस्त भएको अर्थतन्त्रको उदाहरण दिएका थिए ।
तर पनि राजनीतिक स्थिरताले उद्यमीहरुको आत्मविश्वास बढाउने र राज्यको सानो नीतिगत वा व्यवहारिक कुशलताका कारण उद्यमशीलतालाई ठूलो प्रोत्साहन पाउने उनले बताए । एकजना व्यक्ति कुलमान घिसिङको कार्यकुशताले देशको उद्योग क्षेत्रले ठूलो राहत पाएको उदाहरण दिँदै शाक्यले नेपालमा ऊर्जा विकास र भण्डारणसम्बन्धी घिसिङको भिजन टेस्लाका प्रमुख एलोन मस्कको भिजनसित तुलनायोग्य रहेको औंल्याए ।
भारतको अमुल डेरी नेपाल छिर्ने विषयमा भएको विवाद सन्दर्भमा शाक्यले भने, ‘हामी नेपालको साँघुरो बजारको सुरक्षा गर्ने अल्पकालीन काममा भन्दा नेपालमै विश्वस्तरका प्रतिस्पर्धी ब्राण्डहरु विकसित गर्ने र विश्वबजारमा प्रतिस्पर्धा गर्ने दीर्घकालीन काममा लाग्नुपर्छ ।’
चितवनका उद्यमी र व्यवसायीहरु तथा व्यवस्थापन र अर्थशास्त्र विषय पढाउने विभिन्न कलेजका शिक्षक–प्राध्यापकहरुसितको अन्तरक्रियामा आम रुपमा नेपालको भावी व्यापार र उद्यम कस्तो हुनुपर्छ भन्ने प्रश्नमा शाक्यले थपे, ‘सबै व्यापार जति ममको जस्तो हुनुपर्छ, जहाँ कुनै किसिमको राज्य नियन्त्रण वा कार्टेलिङ छैन । मःममा यति ग्राम मासु हुनुपर्ने, स्वाद यस्तो हुनुपर्ने भनेर सरकारले नियम बनाउन थाल्यो भने भोलि त्यो उद्योग धरासयी भएर जान्छ । तर बजारमा खुला प्रतिस्पर्धा भएपछि एकपल्ट नमीठो मःम खुवाउनेकोमा फेरि ग्राहक जाँदैनन् र त्यो बन्द हुन्छ । राम्रो गर्ने व्यवसायीले प्रगति गरिरहन्छ । नेपालका बाँकी उद्योग पनि त्यही मोडलमा जानुपर्छ ।’
कार्यक्रममा शाक्यलाई परिचय गराउँदै जीवन क्षेत्रीले शाक्यको अघिल्लो अंग्रेजी पुस्तकले नेपालको आर्थिक इतिहास लेखनमा रहेको टड्कारो अभावलाई पूर्ति गरेको र नयाँ नेपाली पुस्तकले त्यो सिलसिलालाई अगाडि बढाएको बताए ।
आर्थिक उदारीकरणपछि चीनले सस्तो श्रमलाई उपयोग गर्दै निर्माण क्षेत्रमा नेतृत्व लिएर आफूलाई विश्वको वर्कशप बनाएको तथा भारतले अङ्ग्रेजीमा पोख्त शिक्षित जनशक्तिलाई उपयोग गर्दै सुचना प्रविधिको क्षेत्रमा छलाङ मारेको सन्दर्भमा नेपालको अर्थतन्त्रलाई समृद्धितिर डोराउने त्यस्तै क्षेत्र के हुन सक्छ भन्ने प्रश्नमा शाक्यको जवाफ थियो : हाम्रो मुस्कान । अति यान्त्रीकरण र कृत्रिम बौद्धिकता ९आर्टिफिसियल इन्टेलिजेन्स०का कारण रुखो हुँदै गएको अहिलेको समयमा हाम्रोजस्तो हाँसो र सरल मानवीय व्यवहारको महत्व निकै बढ्नेवाला छ । हाम्रो संस्कृति नै यस्तो छ कि हामीलाई हाँस्न कसैले सिकाउनु पर्दैन र हाम्रो हाँसो कृत्रिम पनि हैन । त्यही हाँसोलाई पाहुनाको स्वागत र पर्यटनसँग जोडेर हामीले समृद्धि हासिल गर्नुपर्छ ।
यसैकारण नेपालीहरुले सँसारभर हस्पिटालिटी र हेरचाह ९केयर वर्क० मा राम्रो गरेको र त्यससँगै संसारभर नेपालको त्यस्तो जनशक्तिको माग तीव्र रुपमा वृद्धि हुँदै गएको बताउँदै नेपाली नीति निर्माताले पर्यटन भित्र्याउने सन्दर्भमा पनि ठूलो सपना र लक्ष्य राख्नुपर्ने उनले बताए ।
चितवनको भरतपुरमा १ महिनाअघि सुरुवात गरिएको डबली बुक क्याफेले समसामयिक विषयमा छलफल चलाउने क्रममा शाक्यको नयाँ पुस्तक तथा नेपाली उद्यमशीलता र अर्थतन्त्रबारे जेठ महिनाको पहिलो शनिवार छलफल भएको हो । साथै सप्तगण्डकी बहुमुखी क्याम्पस र डबलीको सहकार्यमा क्याम्पसमा समेत विभिन्न कलेजका अर्थतन्त्र र व्यवस्थापन विषयका विद्यार्थीका लागि जेठ ६ गते आइतबार बिहान विशेष सत्र आयोजना गरिएको थियो, जसमा ६० जना विद्यार्थी र केही शिक्षकहरुको सक्रिय सहभागिता थियो ।