बिमा संस्थानमा पाठक

झापा निवासी पाठक कृषि विकास बैङ्कको क्षेत्रीय कार्यालय प्रमुखबाट केही समयअघि अवकास लिएका हुन् । प्रधानमन्त्री केपी ओली निकट मानिने पाठकलाई मन्त्रिपरिषदले आगामी तीन वर्षका लागि प्रशासकमा नियुक्त गरेको हो ।

सरकारले राष्ट्रिय बिमा संस्थानको प्रशासक (प्रमुख कार्यकारी अधिकृत)मा कविप्रसाद पाठकलाई नियुक्त गरेको छ ।

झापा निवासी पाठक कृषि विकास बैङ्कको क्षेत्रीय कार्यालय प्रमुखबाट केही समयअघि अवकास लिएका हुन् । प्रधानमन्त्री केपी ओली निकट मानिने पाठकलाई मन्त्रिपरिषदले आगामी तीन वर्षका लागि प्रशासकमा नियुक्त गरेको हो ।

अर्थ मन्त्रालयले जेठ २ गते पाठकसहित अर्थ मन्त्रालयका उपसचिव तथा वरिष्ठ तथ्याङ्कशास्त्री डा डिल्लीराज अर्याल र संस्थानकै बिमा अभिकर्ता बुद्धकाजी श्रेष्ठलाई सिफारिस गरेको थियो । त्यसअघि सरकारले संस्थानमा अघिल्लो पटकको प्रशासन नियुक्ती प्रक्रिया खारेज गरी गत चैतमा नयाँ प्रक्रिया सुरु गरेको थियो ।