प्रधानमन्त्री कृषि आधुनिकीरकरणलाई प्राथमिकता दिइएको छ । कृषियोग्य भूमिको खण्डीकरण रोकिने छ । आगामी ३ वर्षभित्र मत्स्य तथा तरकारी उत्पादन बढाई निर्यात प्रवद्र्धन गरिने छ ।
आगामी पाँच वर्षभित्र कृषिको योगदान दोब्बर बनाउने लक्ष्य लिइएको छ ।
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको योगदालाई विशेष प्राथमिकतामा राखिएको हो । त्यसैगरी आगामी ५ वर्षभित्र कुल आश्रित जनसङ्ख्याको दुई तिहाई हिस्सा गैरकृषिमा आकर्षित गरिने लक्ष्य लिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीरकरणलाई प्राथमिकता दिइएको छ । कृषियोग्य भूमिको खण्डीकरण रोकिने छ । आगामी ३ वर्षभित्र मत्स्य तथा तरकारी उत्पादन बढाई निर्यात प्रवद्र्धन गरिने छ ।
अर्गानिक कृषिजन्य वस्तुको उत्पादनमा जोड दिइने छ । बीउ, आवश्यक ज्ञान सीप, मल समयमै उपलब्ध गराइने छ । हरेक कृषकहरुलाई कृषि सम्बन्धी कृषि ज्ञान केन्द्र स्थापना गरिने छ । व्यावहारिक ज्ञानको व्यवस्था मिलाइने छ । धान, गहुँ, उखुको न्यूनतम मूल्य तोकिने छ । साना, मझौला तथा ठूला सिँचाइ आयोजनाको व्यवस्था गरिने छ ।