लगातार चार वर्षदेखि नीति तथा कार्यक्रममा समेटिए पनि हालसम्म त्यो कार्यान्वयमा आउन सकेको छैन । एकातिर सरकारले जहिले पनि एकद्वार नीतिलाई आफ्नो नीति तथा कार्यक्रममा समेट्ने तर कार्यान्वयन नगर्ने देखिएको छ ।
सरकारले हरेक वर्षको नीति तथा कार्यक्रममा ‘एकद्वार नीतिलाई’ कार्यान्वयनमा ल्याइने बताए पनि हालसम्म त्यसले अन्तिम रुप पाउन सकेको छैन ।
लगातार चार वर्षदेखि नीति तथा कार्यक्रममा समेटिए पनि हालसम्म त्यो कार्यान्वयमा आउन सकेको छैन । एकातिर सरकारले जहिले पनि एकद्वार नीतिलाई आफ्नो नीति तथा कार्यक्रममा समेट्ने तर कार्यान्वयन नगर्ने देखिएको छ ।
‘प्रत्येक वर्ष आउने नीति तथा कार्यक्रममा ‘एकद्वार नीतिलाई’ कार्यान्वयनमा ल्याइन्छ भन्ने उल्लेख हुन्छ,’ नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले भने, ‘तर, अहिलेसम्म कार्यान्वयनमा आएको छैन् ।’
उद्योगीलाई नयाँ उद्योग खोल्न तथा आवश्यक प्रक्रिया एकठाँउबाट गर्ने गरी एकद्वार नीति ल्याउन लागे पनि त्यो अहिलेसम्म कार्यान्वयना आउन सकेको छैन् । ‘व्यवसायीले लामो समयदेखि उद्योग दर्तादेखि सम्पूर्ण काम एकद्वार प्रणालीमार्फत गर्न आग्रह गर्दै आएका थिए,’ देउराली जनता फर्मास्यूटिकल्स प्रालिका कार्यकारी निर्देशक समेत रहेका अध्यक्ष शर्माले भने, ‘अहिलेको नीति तथा कार्यक्रममा समेत परेको छ । कार्यान्वयन के कति हुन्छ हेर्न बाँकी छ ।’