अलैँचीका बिरुवाको मूल्य निर्धारण

जिल्लाभर अलैँची बिरुवाको मूल्यमा एकरुपता कायम गर्न महासङ्घ जिल्ला शाखाको बुधबार बसेको बैठकले बिरुवाको मूल्य निर्धारण गरेको हो । महासङ्घले प्रतिबिरुवा पाँचदेखि आठ रूपैयाँसम्म निर्धारण गरेको शाखा अध्यक्ष अजय तामाङले जानकारी दिए ।

लमजुङ जिल्लामा अलैँचीका बिरुवाको मूल्य निर्धारण गरिएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घ, लमजुङ शाखाले अलैँची बिरुवाको मूल्य निर्धारण गरेको हो ।

जिल्लाभर अलैँची बिरुवाको मूल्यमा एकरुपता कायम गर्न महासङ्घ जिल्ला शाखाको बुधबार बसेको बैठकले बिरुवाको मूल्य निर्धारण गरेको हो । महासङ्घले प्रतिबिरुवा पाँचदेखि आठ रूपैयाँसम्म निर्धारण गरेको शाखा अध्यक्ष अजय तामाङले जानकारी दिए ।

महासङ्घ शाखाले पुरानो बोटबाट निकालेको बिरुवाको मूल्य पाँच कायम गरेको छ भने नर्सरीमा ३२ महिना कटेको बिरुवाको मूल्य प्रतिगोटा आठ रूपैयाँ कायम गरेको जनाएको छ ।

जिल्लामा अहिले १५ लाख अलैँचीका बिरुवाको माग भएको र २० लाखभन्दा बढी बिरुवा उत्पादन भएको महासङ्घले जनाएको छ । गत वर्ष प्रतिबिरुवा नौ रूपैयाँ निर्धारण गरिएको भएपनि यस वर्ष अलैँचीको मूल्य र बिरुवाको माग पनि घटेका कारण बिरुवाको मूल्य घटाइएको महासङ्घले जनाएको छ । रासस