हवाइ भाडा बढ्याे

निजी वायु सेवा सञ्चालकहरुले सबैभन्दा बढी हवाइ भाडा धनगढीका लागि तय गरेका छन् । सञ्चालकहरुको आज बसेको बैठकले धनगढीका लागि १२ हजार ३ सय २० रुपैयाँ तोकेका छन् । यसअघि १२ हजार एक सय रुपैयाँ थियो । पेट्रोलियम पदार्थको मूल्य बढेपछि २ सय २० रुपैयाँ भाडा बढाइएको सिम्रिक एयरका मार्केटिङ म्यानेजर प्रज्वल थापाले जानकारी दिए । बढेकाे भाडा मंगलबारदेखि लागू हुने छ ।

सञ्चालकहरुले सबैभन्दा कम सिमराका लागि ४५ रुपैयाँ बढाएका छन् । अब सिमरा जानका लागि ३ हजार ५० रुपैयाँ लाग्ने छ । यसअघि ३ हजार ५ रुपैयाँ तोकिएको थियो ।

नेपाल अायल निगमले हवाइ इन्धकाे मूल्य ८२ रूपैयाँबाट ८७ रूपैयाँ पुर्याएपछि हवाइ भाडा बढाएकाे हाे । निगमले हवाइ इन्धनमा पाँच रूपैयाँ बढाएकाे थियाे ।