सुनसरी–मोरङ उखु सङ्घका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ २१ पैसाको दरले उखुको भक्तुानी गर्नुपर्ने सम्झौता भएपनि ५ सय १ रूपैयाँका दरले भुक्तानी गरिरहेको जानकारी दिए ।
किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् ।
सुनसरी–मोरङ उखु सङ्घका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ २१ पैसाको दरले उखुको भक्तुानी गर्नुपर्ने सम्झौता भएपनि ५ सय १ रूपैयाँका दरले भुक्तानी गरिरहेको जानकारी दिए ।
“लगभग ५० प्रतिशत किसानले उखुको भुक्तानी प्राप्त गरिसकेका छन्,” उनले भने । आउने असारसम्ममा सबै किसानले उखुको भुक्तानी लिइसक्ने र बक्यौता रकम पछि भुक्तानी गर्ने मिलसँग सल्लाह भएको पाण्डेले बताए ।
सुनसरी–मोरङका गरी करिब पाँच हजार किसानले ६ हजार ५ सय बिगाहा जग्गामा उखु लगाउने गरेका छन् । इस्टर्न सुगर मिलको वार्षिक ३० लाख क्विन्टल उखु पेल्ने क्षमता छ । मिललाई यसवर्ष ११ लाख ७८ हजार क्विन्टल मात्र उखु उपलब्ध भएको मिलका प्रबन्धक सुरेश मेहताले जानकारी दिए ।
मिलले प्राप्त गरेको उखुको मूल्य ५९ करोडभन्दा बढी भुक्तानी गर्नुपर्नेमा किसानले करिब २९ करोड रूपैयाँ भुक्तानी भएको बताइएको छ । रासस