प्रधानमन्त्री ओलीले यो सरकारले अर्को वर्ष नै सुनका घर र सुनकै गल्ली बनाउँछौं भनेर कहीँकतै नभनेको दाबी गरे । उनले त्यस अवसरमा रामायणको प्रसङ्गलाई समेत जोडेका थिए, ‘घर पनि सुनैका छन्, गल्ली पनि सुनैका ।’
आगामी आर्थिक वर्ष २०७५/७६ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम सङ्घीय संसद्बाट बहुमतले पारित गरेको छ । प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधनामन्त्री केपी शर्मा ओलीले दिएपछि बहमतका आधारमा नीति तथा कार्यक्रम पारित भएको हो । अब सरकारलाई जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउन बाटो खुलेको छ ।
संघीय संसद्मा प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथी उठेका प्रश्नको जवाफ दिँदै सम्भव हुने कार्यक्रम मात्र समावेश गरेको बताए । ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्यमा केन्द्रित रही नीति तथा कार्यक्रम ल्याइएको भन्दै उनले हाम्रो राष्ट्रिय आकाङ्क्षालाई सम्बोधन गर्दा कसैलाई सपना लाग्छ भने त्यसमा आफूले जवाफ दिइरहनु नपर्ने बताए । उनले त्यस अवसरमा सम्भव हुने र सम्भव बनाउनुपर्ने समृद्धिका सपना मात्र नीति तथा कार्यक्रममा समेटिएको र आफू तिनै कार्यक्रममा आधारित रहेर अघि बढेको दाबी गरे ।
नेपालमा रेल सपनाको कुरा नभएको दाबी गर्दै उनले अगाडि भने, ‘ओलीले नेपालमा पूर्व–पश्चिम मात्र नभई उत्तर–दक्षिण पनि रेल कुद्छ ।’ आफूले रेल र पानीजहाजको कुरा गर्दा बाल्टीमा कागजका नाउ हालेर मजाक उडाएको समेत बताए । उनले ३ वर्षभित्र काठमाडौंमा रेल चल्ने दाबीसमेत गरे । त्यसैगरी उनले हेर्दाहेर्दै इस्टटिमोरमा समुद्रबाट जाने र जलमार्गबाटै सामग्री ढुवानी गर्ने दाबी गरे । त्यस अवसरमा प्रधानमन्त्री ओलीले पानीजहाजको सपना निदाएका बेला नभई ब्यूँझिएको बेला देखेको बताए ।
नेपाली काङ्ग्रेसका मीनेन्द्र रिजाल र राष्ट्रिय जनता पार्टीका अनिलकुमार झाले प्रस्तुत गरेको संशोधन प्रस्ताव फिर्ता नलिएपछि बहुमतले अस्वीकृत गरेको थियो भने अन्य सांसदले राखेको प्रस्ताव फिर्ता लिएका थिए । दोस्रो पटक पनि सांसदहरुको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले प्रतिपक्षीको धर्म संशोधन प्रस्ताव हाल्नु स्वाभिावक भए पनि राम्रो कुरालाई राम्रो भनेर संशोधन प्रस्ताव फिर्ता लिनसमेत आग्रह गरे । जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त सदनमा सरकारको तर्फबाट नीति तथा कार्यत्रम प्रस्तुत गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीले यो सरकारले अर्को वर्ष नै सुनका घर र सुनकै गल्ली बनाउँछौं भनेर कहीँकतै नभनेको दाबी गरे । उनले त्यस अवसरमा रामायणको प्रसङ्गलाई समेत जोडेका थिए, ‘घर पनि सुनैका छन्, गल्ली पनि सुनैका ।’ ओलीले रामायणमा भनिएको विषयलाई उद्धृत गर्दै भने, ‘नेपाललाई समृद्ध र विकसित बनाउने कुरा गर्दा हावादारी भनेर उडाए ।’ गरिब नेपालबाट समृद्ध नेपाल र दुःखी नेपालीलाई सुखी बनाउने कुरामा सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ । नेपाल अहिले तेस्रो विश्वमा रहेको भन्दै ओलीले भने, ‘तेस्रोबाट पहिलो विश्वमा पु¥याउँछु भन्न पाइँदैन ?’ नेपाल पहिलो विश्वमा पुग्नै नसक्ने गरी अभिशप्त हो भनेर प्रश्न गर्दै उनले भने, ‘कति वर्ष लाग्छ, थाल्नु त प¥यो नि ।’