२० वर्षमा औद्योगिक क्षेत्रको जीडीपी योगदान ५ प्रतिशतमा खुम्चियो, यस्तो छ कारण

सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४/०७५ मा बीस वर्ष अघिसम्म जीडीपीमा औद्योगिक क्षेत्रको योगदान १० प्रतिशत थियो । तर, अहिले ५ दशमवल ४ प्रतिशतमा खुम्चिएको छ ।

सरकारले विद्युत् आपूर्ति सहज बनाए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा औद्योगिक क्षेत्रको योगदान ५ प्रतिशतमा खुम्चिएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४/०७५ मा बीस वर्ष अघिसम्म जीडीपीमा औद्योगिक क्षेत्रको योगदान १० प्रतिशत थियो । तर, अहिले ५ दशमवल ४ प्रतिशतमा खुम्चिएको छ ।

लामो समसयसम्मको राजनीति सङ्क्रमण, बन्दहड्ताल र विद्युत् आपूर्तिको कमीका कारण औद्योगिक उत्पादनले विकास लिन नसकेको सर्वेक्षणमा उल्लेख छ । तर, अहिल बन्दहड्ताल रोकिएको, विद्युत् आपूर्ति नियमित भएको र राजनीतिक सङ्क्रमण सकिए पनि औद्योगिक वस्तुको उत्पादन र उत्पादकत्व प्रतिस्पर्धी हुन नसकेको सर्वेक्षणमा उल्लेख छ ।

राज्यले नीतिगत सुधार नगरेसम्म औद्योगिक क्षेत्रको उत्पादन बढ्न नसक्ने व्यवसायीहरुले बताएका छन् । नीतिगत झन्झटिलोका कारण उत्पादन बढ्न नसकेको व्यवसायीहरु बताउँछन् ।