अर्थ मन्त्रालयद्वारा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०७४÷७५ ले यस्तो देखाएको हो । पछिल्ला दुई दशकमा नेपाल र भारतमा कृषि उत्पादनमा वृद्धि दर समान रहेको सर्वेक्षणमा उल्लेख छ ।
विगत दुई दशकको अवधिमा कृषि उत्पादन ३.२ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयद्वारा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०७४/७५ ले यस्तो देखाएको हो । पछिल्ला दुई दशकमा नेपाल र भारतमा कृषि उत्पादनमा वृद्धि दर समान रहेको सर्वेक्षणमा उल्लेख छ । तर, छिमेकी मुलुक चीन र बङ्गलादेशमा भने यो दुई दशकमा कृषि उत्पादन ३.९ प्रतिशतले वृद्धि भएको छ । आधारभूत मूल्यमा कृषि क्षेत्रको वार्षिक वृद्धिदर चालू आर्थिक वर्ष २०७४/०७५ मा २.७ प्रतिशत रहने अनुमान छ ।
आर्थिक वर्ष २०७३/०७४ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २८.८ प्रतिशतको तुलनामा २०७४/०७५ घटेर २७.६ प्रतिशतमा सीमित भएको अनुमान छ । चालू आव २०७४/०७५ मा खाद्यान्न बालीको उत्पादनमा २.१ प्रतिशतले कमी आएको छ । हिउँदको सिजनमा लगाइने तराकारी बाली तथा माछापालनका क्षेत्रमा भने उत्पादन वृद्धि भएको छ ।
चालू वर्ष प्रमुख बाली धानको उत्पादन १.५ प्रतिशतले कमी भई ५१ लाख ५२ हजार मेट्रिक टन उत्पादन भएको छ । गत वर्षको तुलनामा धानको उत्पादकत्व ४.१ प्रतिशतले बढेर ३.५ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ ।
चालू आर्थिक वर्षमा फापर तथा जौ बालीको उत्पादन क्रमशः ४.५ र ११ प्रतिशतले घटेको छ । त्यसैगरी मकै, गहुँ तथा कोदोको उत्पादन क्रमशः ९, ४,५ र २.४ प्रतिशतले बढेको छ । त्यस्तै मुसुरो, चना, रहर, मास, भटमास, गहतलगायतका दलहन बालीको उत्पादन ४.४ प्रतिशतले वृद्धि भएको छ ।