आज पहिलो सङ्घीय बजेट प्रस्तुत हुँदै, यी हुन् प्राथमिकता

अर्थमन्त्रीले मन्त्रिपरिषदमा बजेटको सबै विषयमा विफ्रिङ गरेपछि मन्त्रीपरिषदबाटै अर्थमन्त्री संसदमामा पुगेर बजेट भाषणा पढ्ने तयारी भएको छ ।

नेपालको पहिलो सङ्घीय बजेट आज प्रस्तुत हुँदैछ । संसदमा ४ बजे अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्नका लागि आजै मन्त्रिपरिषदले स्वीकृत गर्दैछ ।

अर्थमन्त्रीले मन्त्रिपरिषदमा बजेटको सबै विषयमा ब्रिफिङ गरेपछि मन्त्रिपरिषदबाटै अर्थमन्त्री संसदमामा पुगेर बजेट भाषण पढ्ने तयारी भएको छ ।

आज प्रदेशको बजेटसहित १५ खर्बभन्दा बढीको बजेट प्रस्तुत हुने अर्थमन्त्रालय स्रोतले जनाएको छ । सडकका ठूला आयोजना, रेलवे, अन्तर्राष्ट्रिय विमानस्थल र लगानीका लागि निजी क्षेत्रका लागि सुविधालाई सम्बोधन गरेर बजेट प्रस्तुत हुन लागेको हो ।

बजेटको प्राथमिकता र सिद्धान्तका केही महत्त्वपूर्ण बुँदा

वैदेशिक सहायताको निर्भरता क्रमशः घटाउँदै लैजाने
सबै नेपालीलाई क्रमशः सामाजिक सुरक्षाको दायरामा ल्याइने
आन्तरिक बचतलाई प्रोत्साहन गरिने
सबै प्रकारका सिन्डिकेट र कार्टेलिङको पूर्ण अन्त्य
निर्वाचन क्षेत्र विकास कोष र सांसद विकास कोषबारे मौन
स्वच्छ खानेपानी, आधारभूत स्वास्थ्यको पहुँच, स्वास्थ्य बिमामा सबैको आबद्धता
निरक्षरता उन्मूलन, सार्वजनिक शिक्षालाई थप प्रभावकारी बनाइने
रोजगारी सिर्जना, श्रमिकका दक्षता अभिवृद्धि तथा पर्यटनको विकास
भूकम्पपछिको पुनर्निर्माण उच्च प्राथमिकता
सामाजिक सुरक्षाको दायरा वृद्धि गरिने
मुद्रास्फीति दरलाई वाञ्छित सीमाभित्र राखिने
बजेट प्रणालीलाई सुदृढ बनाइने
वित्तीय अनुशासन कायम गरिने
संविधान र घोषणापत्रलाई ध्यान दिइने
प्रतिस्पर्धात्मक, पारदर्शी र स्वच्छ व्यापार व्यवसायको प्रवर्द्धन
अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य