राणाले २००८ सालका लागि ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । पहिलो बजेटमा राजस्व अनुमान ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो । बजेटमा सरकारको खर्च भने पाँच करोड ६९ लाख १५ हजार हुने अनुमान थियो ।
राणाशासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएपछि बनेको काङ्ग्रेस सरकारले नेपालमा पहिलो पटक बजेट प्रस्तुत गरेको थियो । नेपालको इतिहासमा पहिलो बजेट प्रस्तुत गर्ने अर्थमन्त्री सुवर्णशमशेर राणा हुन् । त्यतिखेर प्रधानमन्त्री भने मातृकाप्रसाद कोइराला थिए ।
राणाले २००८ सालका लागि ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । पहिलो बजेटमा राजस्व अनुमान ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो । बजेटमा सरकारको खर्च भने पाँच करोड ६९ लाख १५ हजार हुने अनुमान थियो ।
१ सय ४ वर्षे जहानियाँ राणाशासनको अन्त्यपछि आएको बजेट कार्यक्रमले जनताका कार्यक्रमलाई लक्ष्य गरिएको थियो । त्यसअघि जनताप्रति कुनै जवाफदेही नभएर पारिवारिक रुपमा मात्र बजेट आउने प्रचलन थियो । राणाशासनकालमा मुलुकको आम्दानी र खर्चबारे जनतालाई थाहा हुँदैनथ्यो ।
पहिलो बजेट प्रस्तुत गर्दा अर्थमन्त्री राणाले भनेका छन—
‘दाजुभाइ, दिदीबहिनी !
आज तपाईंहरूसँग जुन विषयमा केही भन्न लागेको छु, सो नेपालको निम्ति केही नवीन भए पनि सारा जनताको निम्ति ज्यादै नै चाखलाग्दो र मार्मिक छ । अरु मुलुकहरूमा बर्सेनि बजेट पेस गर्नु साधारण कुरा हो । तापनि हाम्रो नेपालका निम्ति यो अपूर्व कुरा हो भन्नु अत्युक्ति होओइन ।
राणाशासनकालमा राज्य सञ्चालनमा दुनियाँको केही हात थिएन र मुलुकको आम्दानी–खर्च विषय कसैलाई पत्ता हुँदैनथ्यो भन्ने कुरा तपाईंहरू सबैलाई विदितै छ । अब त देशमा प्रजातन्त्रात्मक र दुनियाँप्रति जवाफदेही सरकार खडा भएकाले राष्ट्रको आम्दानी के–कति हुन्छ औ केमा खर्च हुन्छ भन्ने कुराको ज्ञान दुनियाँले सरकारबाट पाउने हक छ ।’
पहिलो बजेटमा जनताको जीवनस्तर उठाउनु र जनताको सांस्कृतिक तथा सामाजिक जीवन उकास्नु उद्देश्य रहेको जनाइएको छ ।