रक्सीचुरोटमा अन्तःशुल्क बढ्ने भएपछि सरकारले माग्यो व्यवसायीसँग स्टक विवरण

आन्तरिक राजस्व विभागले तयारी वस्तु (मदिरा, चुरोट, सुर्तीजन्य)को विवरण, शक्ति, साइज, मौज्दात परिणामसहितको विवरण राख्न सबै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयलाई निर्देशन दिएको छ । त्यसैगरी निर्देशनमा मदिरा, चुरोट र सुर्तीजन्य वस्तुका कच्चापदार्थ तथा अर्धतयारी पदार्थको विवरण (ईएनए, आरएस, मोल्यासिस, कच्चा सुर्तीलगायत अन्य) उल्लेख गर्न भनिएको छ ।

सरकारले मदिरा, चुरोट र सुर्तीजन्य वस्तुको मौज्दात (स्टक)को विवरण दुई दिनभित्र दिन व्यवसायीलाई निर्देशन दिएको छ । सोमबार आन्तरिक राजस्व विभागले सबै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयमार्फत व्यवसायीहरुसँग आफूसँग भएको सामानको विवरण दिन माग गरेको हो ।

आन्तरिक राजस्व विभागले तयारी वस्तु (मदिरा, चुरोट, सुर्तीजन्य)को विवरण, शक्ति, साइज, मौज्दात परिणामसहितको विवरण राख्न सबै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयलाई निर्देशन दिएको छ । त्यसैगरी निर्देशनमा मदिरा, चुरोट र सुर्तीजन्य वस्तुका कच्चापदार्थ तथा अर्धतयारी पदार्थको विवरण (ईएनए, आरएस, मोल्यासिस, कच्चा सुर्तीलगायत अन्य) उल्लेख गर्न भनिएको छ ।

सरकारले व्यवसायीलाई लेखेको पत्रमा भनिएको छ, ‘जेठ १५ गते आर्थिक वर्ष २०७५/७६ को बजेट तथा आर्थिक ऐन जारी हुने भएकाले त्यस कार्यालयको कार्यक्षेत्रअन्तर्गत भौतिक नियन्त्रण प्रणाली तथा स्वयम् निष्कासन प्रणालीका वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरुले जेठ १५ गतेको सुरु मौज्दात परीक्षण र प्रमाणित गरी तोकिएको ढाँचामा २ दिनभित्र पठाउन र जेठ १५ गते उक्त वस्तुहरुको निष्कासन नगर्नु नगराउनुहुन निर्देशनानुसार अनुरोध छ ।’

व्यवसायीहरुका अनुसार कर कार्यालयका अधिकृतहरु सबै उद्योगमा पुगेर विवरण लिएको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका एक पूर्वअध्यक्षका अनुसार कर कार्यालयले पहिलो पटक यस्तो पत्र काटेको हो । उनका अनुसार सरकारले अन्तःशुल्क मात्रै नभएर मूल्य अभिवृद्धि कर पनि १३ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याउन यस्तो गरेको हो । सरकारले भन्सार महसुल वृद्धि गर्न बजेट सार्वजनिक हुने दिन बजेट भन्सार कार्यालय बन्द गर्ने गरे पनि मुलुकभित्रका उद्योगमा भने यस्तो पत्र कहिल्यै नपठाएको उनले बताए । केही दिनदेखि भ्याट बढाउने विषयमा भने अर्थ मन्त्रालयमा चर्चा चल्ने गरेको थियो ।