विदेशबाट फर्केका युवालाई १० लाख कर्जा

सरकारले विदेशबाट फर्किएका युवालाई १० लाख कर्जा उपलब्ध गराउने भएको छ । आगामी आव २०७५/७६ को बजेट वक्तव्यमा डा. युवराज खतिवडाले संसद्मा यस्तो बताएका हुन् । ती युवालाई सीप हेरेर उक्त कर्जा उपलब्ध गराइनेछ ।