बजेटः म्यानपावर कम्पनीलाई आन्तरिक रोजगारका लागि सहभागी गराइने

सरकारले म्यानपावर कम्पनीलाई आन्तरिक रोजगारका लागि सहभागी गराउने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७५÷२०७६ को बजेटमार्फत म्यानपावर कम्पनीलाई आन्तरिक रोजगारमा सहभागी गराउने घोषणा गरेका हुन् ।

त्यस्तै विदेशबाट फर्किएका युवाहरुलाई सीपका आधारमा काम गर्नका लागि १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ। यसमा परियोजना धितो हुने छ।