शैक्षिक प्रमाणपत्रमा ५ प्रतिशतमा अधिकतम ७ लाखसम्म ऋण

अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्रको धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण दिने योजना अघि सारेका छन् । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्माओलीका पालामा आएको शैक्षिक धितो कर्जा दिने नीतिलाई खतिवडाले कार्यान्वयमा ल्याएका हुन् । नेपाल कम्यूपिनस्ट पार्टीको घोषणापत्रमा समेत यो विषयले स्थान पाएको थियो ।

आन्तरिक रोजगारीलाई प्राथमिकता दिएको सरकारले बजेटमा रोजगारी सिर्जनाका धेरै कार्यक्रमहरु समेटेको छ । अर्थमन्त्री खतिवडाले प्रधानमनत्री रोजगार कार्यक्रमका ३ अर्व १० करोड रुपैयाँ विनियोजन गरेका छन् ।

त्यसैगरि परियोजनाका आधारमा विदेशमा काम गरेर फर्किएकाहरुलाई १० लाख रुपैयाँसम्म सहुलियत पूर्ण ऋण दिने योजनतासमेत अघि सारिएको छ । त्यसैगरि रोजागारी प्रत्याभूति विधेयक पेश गरिन योजना अघि सारिउको छ । आन्तरिक रोजागारी परिचालनका लागि छाटो अवधिका तालिम सञ्चालन गर्ने र न्यूनतम ज्यालामा पुनरावलोकन गर्ने पनि बजेटमा समेटिएको छ । त्यसैगरि रोजगारीका क्षेत्रमा तत्काल आउने समस्य समाधान गर्न अर्धन्यायिक शक्तिसम्पन्न निकाय गठन गर्ने पनि बजेटमा उल्लखे छ ।Set featured image