२०७५ साउनदेखि योगदानमा आधारित पेन्सन

सरकारले आगामी आर्थिक वर्षदेखि सेवा सुरु गर्ने राष्ट्र सेवक कर्मचारीका लागि योगदानमा आधारित पेन्सन सुविधा दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त वैठकमा बजेट पेस गर्दै त्यसकालागि कानुन तर्जुमा गर्ने बताएका छन् । चालू वर्षमा पनि योगदानमा आधारित पेन्सन योजना सुरु गर्ने भनेपनि कानुन तयार हुन सकेन । कर्मचारीहरुको अवकासपछि पनि ठूलो रकम राज्यले वेहोर्दै...

सरकारले आगामी आर्थिक वर्षदेखि सेवा सुरु गर्ने राष्ट्र सेवक कर्मचारीका लागि योगदानमा आधारित पेन्सन सुविधा दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त वैठकमा बजेट पेस गर्दै त्यसकालागि कानुन तर्जुमा गर्ने बताएका छन् ।

चालू वर्षमा पनि योगदानमा आधारित पेन्सन योजना सुरु गर्ने भनेपनि कानुन तयार हुन सकेन । कर्मचारीहरुको अवकासपछि पनि ठूलो रकम राज्यले वेहोर्दै आएकामा यो व्यवस्थाले स्वयं कर्मचारीको हिस्सेदारी खोजिन लागेको हो । अहिले वार्षिक ६० अर्व हाराहारी पेन्सन सुविधाका लागि सरकारी ढुकुटीबाट खर्च हुने गरेको छ ।