सरकारले आगामी पाँच बर्षमा कृषि क्षेत्रको उत्पादन दोब्बर बनाउने भएको छ । त्यस्तै सातै प्रदेशमा नमुना कृषि फर्म स्थापना गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन् ।
उनले प्रधानमन्त्र कृषि आधुनिकीकरण परियोजनालाई प्रभावकारी बनाउन ४ अर्ब ७७ करोड विनियोजना गरेका छन् । त्यस्तै हरेक स्थानीय तहमा कृषि ज्ञान केन्द्र स्थापना हुने भएको छ । कृषि विमालाई प्राथमिकता दिइने भएको छ । कृषि क्षेत्रमा लिइएको ऋणमा ५ अर्ब अनुदान दिइने भएको छ ।