सरकारले सबै स्थानीय तहमा हेलिप्याड बनाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०७५/७६ को बजेट पेस गर्दै स्थानीय तहको रोहरबरमा हेलिप्याड निर्माण गर्ने घोषणा गरेका हुन् । हवाई क्षेत्रका लागि १९ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेका छन् ।