पुनर्निर्माणका लागि १ खर्ब ५१ अर्ब रुपैयाँ

अर्थमन्त्री डा. युवराज खतिवडाले भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि १ खर्ब ५१ अर्व रुपैयाँ विनियोजन गरेका छन् । २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पबाट १४ जिल्ला अतिप्रभावित भएका थिए र ८ लाख बढी घरपरिवार प्रभावित भएका थिए । १५ हजारभन्दा बढीको ज्यान गएको थियो । चालू वर्ष पनि पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब रुपैयाँ छुट्ट्याइएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत धिमा गतिमा पुनर्निर्माणको काम अघि बढिरहेको छ ।