प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पौने पाँच अर्ब

कृषिजन्य वस्तुको उत्पादन वृद्धि हुन नसक्दा मुलुक कृषिजन्य वस्तुमा परनिर्भर भइरहेको अवस्थामा सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई उच्च प्राथमिकतासाथ अघि बढाएको छ ।
कृषिको उत्पादन वृद्धि गर्नको लागि विगत वर्षदेखि सुरु भएको उक्त परियोजनाको लागि आगामि आर्थिक वर्ष ०७५/७६को लागि चार अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ । उत्पादन वृद्धिको लागि मुलुकका विभिन्न ठाउँमा कृषिका पकेट, ब्लक, जोन, सुपर जोन गरी उत्पादन , प्रशोधन, औद्योगिक केन्द्रमा सघाउने जनाएको छ ।