नागीडाँडामा बन्ने भयो वैकल्पिक विमानस्थल, दाङमा पनि अध्ययन गरिने

काभ्रेपलाञ्चोक जिल्लाको नागीडाँडामा वैकल्पिक विमानस्थल बनाउन बजेट विनियोजन भएको छ । यस्तै दाङमा पनि वैकल्पिक विमानस्थल बनाउन अध्ययन अघि बढाउने भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी आव २०७५÷७६ को बजेट पेस गर्दै सरकारले काभ्रेपलाञ्चोक र दाङमा वैकल्पिक विमानस्थल निर्माण गर्ने घोषणा गरेका हुन् । यस्तै उच्च सरकारले प्राथमिकताका साथ निजगढ, पोखरा र भैरहवा बिमानस्थलको निर्माण अघि बढाउने भएको छ।