विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्ने, ठाउँठाउँमा चार्जिङ स्टेसन

सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्ने नीति लिने भएको छ । पेट्रोलियम पदार्थको आयात निरन्तर वृद्धि हुँदा व्यापार घाटा चुलिएको र दिनप्रतिदिन प्रदुषण बढेपछि सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्ने नीति लिएको हो ।