आर्थिक वृद्धिको लक्ष्य ८ प्रतिशत

सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । चौधौं योजना (२०७३/७४–२०७५/७६) मा ७.९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले योजनाको वृद्धिदरलाई नै समायोजन गरी ८ प्रतिशत तय गरेका हुन् ।
योजनामै गरिएको व्यवस्थाअनुसार चालू आर्थिक वर्षमा पनि सरकारले ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो । तर, बजेटको मध्यावधि समीक्षामा ६ प्रतिशत आर्थिक वृद्धि हुने संशोधित अनुमान गरेकामा केन्द्रीय तथ्याङ्क विभागले भने चालू वर्ष ५.८९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।