१३ खर्ब १५ अर्बको बजेट

सरकारले आगामी वर्ष ८ खर्ब ३१ अर्ब रुपैयाँ राजस्व असुली लक्ष्य लिएको छ । यो लक्ष्य चालू वर्षको ७ खर्ब ३० अर्बको करिब १४ प्रतिशतले बढी हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । बजारमा चलेका अनेकन हल्लाहरुलाई चिर्दै अर्थमन्त्री खतिवडाले गत वर्षको १२ खर्ब ७९ अर्बको तुलनामा २.८ प्रतिशत अर्थात् करिब ३७ अर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गरेका हुन् । त्यसमध्ये ८ खर्ब ४५ अर्ब चालू खर्चका लागि विनियोजन गरिएको छ भने पुँजीगत खर्च ३ खर्ब ३१ अर्ब रुपैयाँ छ ।

पुँजीगत खर्चमध्ये १ खर्ब ५१ अर्ब पुनर्निर्माणका लागि छुट्टयाइएको छ । पुँजीगत खर्च भने गत वर्षको ३ खब ३५ अर्बको तुलनामा करिब ४ अर्ब रुपैयाँले कम हो । अर्थमन्त्री खतिवडाले वित्तीय व्यवस्थापनका लागि १ खर्ब ५५ अर्ब रुपैयाँ छुट्ट्याएका छन् । यो रकम गत वर्षको १ खर्ब ४० अर्बको तुलनमा १५ अर्ब रुपैयाँले बढी हो ।

सरकारले आगामी वर्ष ८ खर्ब ३१ अर्ब रुपैयाँ राजस्व असुली लक्ष्य लिएको छ । यो लक्ष्य चालू वर्षको ७ खर्ब ३० अर्बको करिब १४ प्रतिशतले बढी हो ।