देशलाई तुइनमुक्त बनाउन अझै तीन वर्ष लाग्ने

२०७२ मा केपी ओली प्रधानमन्त्री हुँदा दुई वर्षभित्र मुलुकमा रहेका सबै तुइन हटाई झोलुङ्गे पुल विस्थापित गर्ने बताएका थिए । तर अझै पनि देशलाई तुइनमुक्त हुन तीन वर्ष लाग्ने भएको छ । आगामी वर्ष २०७५/७६ को बजेटमै आगामी तीन वर्षभित्र मुलुकभर झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको छ ।

त्यसका लागि ३ अर्ब ४० करोड बजेट विनियोजन भएको छ । मुलुकभर तुइन विस्थापित गर्न गुरुयोजना बनाएर कार्य अगाडि बढाइने भएको हो ।