आठ पटक बजेट प्रस्तुत गरेका पूर्वअर्थमन्त्री महतले भने, ‘यो बजेट आकाङ्क्षाको बन्डल हो’

क्यापिटल नेपालसँग कुराकानी गर्दै महतले कार्यान्वयन गर्ने धरातल बलियो नबनाई सरकारले ‘पपुलिस्ट’ बजेट ल्याएको प्रतिक्रिया दिए । ‘सुन्दा राम्रो लाग्छ,’ उनले भने, ‘तर, कार्यान्वयन पक्षलाई ध्यान नै नदिई बजेट आएको छ । सबैभन्दा ठूलो कुरा कार्यान्यवन पक्ष हो ।’

संसदमा आठ पटक बजेट प्रस्तुत गरिसकेका पूर्वअर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको बजेट आकाङ्क्षाको डल्ला मात्रै भएको बताएका छन् ।

क्यापिटल नेपालसँग कुराकानी गर्दै महतले कार्यान्वयन गर्ने धरातल बलियो नबनाई सरकारले ‘पपुलिस्ट’ बजेट ल्याएको प्रतिक्रिया दिए । ‘सुन्दा राम्रो लाग्छ,’ उनले भने, ‘तर, कार्यान्वयन पक्षलाई ध्यान नै नदिई बजेट आएको छ । सबैभन्दा ठूलो कुरा कार्यान्यवन पक्ष हो ।’

जनतामा भ्रम छर्ने, आपूm लोकप्रिय हुने गरी ल्याएको बजेटबाट कुनै अपेक्षा गर्न नसकिने महतले जानकारी दिए । त्यसैगरी महतले बजेटको आधार पनि अत्यन्तै ठूलो भएको बताए । बजेट प्राविधिक कुरा भएको र कार्यान्वयन गर्ने क्षमता नभएको महतले जानकारी दिए ।

सरकारले ल्याएको बजेट प्रस्टसमेत नभएको बताए । ‘बजेटले के भन्न खोजेको हो,’ उनले भने, ‘त्यो प्रस्ट भएको छैन । यस्तो अन्योलको बजेट कसरी कार्यान्वयन हुन्छ ।’

पटक–पटक बजेट ल्याएका महतले यो बजेट सस्तो लोकप्रियता भन्दा अरु केही नभएको बताए । ‘सरकारले कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) आधा नै बजेट ल्याएको छ,’ उनले भने, ‘अब सरकारले कसरी कार्यान्वयन गर्छ । हेर्न बाँकी छ ।’