चुरोट, रक्सी र बाइकको मूल्य बढ्यो, सेयर लगानीकर्तालाई पुँजीगत लाभकर वृद्धि

एक हजार सीसीभन्दा बढी क्षमताका सवारी साधनको पनि अन्तःशुल्क बढेको छ । त्यस्तै १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकलको पनि अन्तःशुल्क बढेको अर्थमन्त्री खतिवडाले बताए । घरजग्गा कारोबारमा १० लाख रुपैयाँसम्मको कारोबारमा पुँजीगत लाभको सीमा तोकिएको छ । यसअघि यस्तो ३० लाख रुपैयाँ थियो ।

सरकारले धूम्रपान (सुर्तीजन्य पदार्थ), मध्यपान (मदिरा), विलासिताका सवारीसाधनमा अन्तःशुल्क बढाएर मूल्य वृद्धि गराएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले चुरोटमा अन्तःशुल्कबाहेक प्रतिखिल्ली थप २५ पैसा स्वास्थ्य जोखिम कर थपेका छन् ।

एक हजार सीसीभन्दा बढी क्षमताका सवारी साधनको पनि अन्तःशुल्क बढेको छ । त्यस्तै १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकलको पनि अन्तःशुल्क बढेको अर्थमन्त्री खतिवडाले बताए । घरजग्गा कारोबारमा १० लाख रुपैयाँसम्मको कारोबारमा पुँजीगत लाभको सीमा तोकिएको छ । यसअघि यस्तो ३० लाख रुपैयाँ थियो ।

त्यसैगरी सेयर बजारका लगानीकर्तालाई पनि थोरै आहत पुगेको छ । व्यक्तिगत पुँजीगत लाभकर साढे २ प्रतिशत बिन्दुले बढाएर ७.५ प्रतिशत पु¥याइएको छ भने संस्थागत लगानीकर्ताका लागि १० प्रतिशतबाट बढाएर पुँजीगत लाभकर १५ प्रतिशत पुगेको छ । यसले बुधबारदेखिको कारोबारमा पुँजीगत लाभकर बढी तिर्नुपर्ने भएको छ ।