त्यसैगरी लामो समयदेखि भ्याट विवरण नबुझाउने करदाताहरुको कर सहभागिता गरी नियमित हुन चाहेमा कर विवरणवापतको जरिवाना छुट दिने व्यवस्थासमेत गरेको छ । यसले विगतमा भ्याटमा दर्ता भएर विवरण नबुझाएका व्यवसायी वा कारोबारहरुलाई राहत मिल्नेछ ।
पर्फ्यूम, खेलौना, रेफ्रिजेरेटर, कोकमिश्रित चकलेटको मूल्य बढ्ने भएको छ । जेठ १५ गते बजेट भाषण गरेका अर्थमन्त्री डा युवराज खतिवडाले यी वस्तुमा अन्तःशुल्क लगाउने घोषणा गरेपछि मूल्य बढ्ने देखिएको हो । यसअघि यी वस्तुमा अन्तःशुल्क लगाइएको थिएन । अर्थमन्त्री खतिवडाले कोकमिश्रित चकलेट, पफ्र्यूम, खेलौना तथा रेफ्रिजेरेटरजस्ता वस्तुको आयात तथा आन्तरिक उत्पादनमा समेत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको उल्लेख गरेका छन् ।
त्यस्तै, सरकारले मदिरा, सुर्तीजन्य पदार्थजस्ता स्वास्थ्यका लागि हानिकारक वस्तुमा अन्तःशुल्क वृद्धि गरेको मात्र होइन, मदिरा (रक्सीजन्य) पदार्थ, चुरोट (सुर्तिजन्य पदार्थ), स्यानिटरी, विद्युतीय सामग्री र निर्माण सामग्रीलगायतका वस्तुहरुको कारोबार अनिवार्य रुपले मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।
महानगरपालिका र उपमहानगरपालिकामा यी वस्तुको कारोबार अनिवार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था गरेका हुन् । यसले महानगर र उपमहानगरमा कारोबार गर्ने साना ठूला सबै प्रकृतिका यस्ता पसल अब भ्याटमा दर्ता हुनुपर्ने भएको हो । यस्ता पसलहरु महानगर तथा उपमहानगरमा दर्ता भएर मात्रै सञ्चालित हुने भएकाले उनीहरुलाई भ्याट जान पनि बाध्य बनाउन सजिलो हुने भएको छ ।
मदिरा र चुरोटलगायतमा उच्च रुपले अन्तःशुल्क लगाएको सरकारले महनागर र उपमहानगरभित्र कारोबार गर्नेहरु अनिवार्य रुपले भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था गरेको हो । यसअघि भ्याटमा दर्ता हुन करोबार सीमा तोकिए पनि यस पटक ५ प्रकृतिका वस्तु कारोबार गर्नेहरु अनिवार्य रुपले भ्याटमा दर्ता हुनुपर्ने भएको छ ।
त्यसैगरी लामो समयदेखि भ्याट विवरण नबुझाउने करदाताहरुको कर सहभागिता गरी नियमित हुन चाहेमा कर विवरणवापतको जरिवाना छुट दिने व्यवस्थासमेत गरेको छ । यसले विगतमा भ्याटमा दर्ता भएर विवरण नबुझाएका व्यवसायी वा कारोबारहरुलाई राहत मिल्नेछ ।