यसैबीच महासङ्घले पर्वतको पार्दीस्थित तल्लो मोदी हाइड्रोपावर परियोजनामा अज्ञात समूहद्वारा बम राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्यमी व्यवसायीबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा महासङ्घका अध्यक्ष भवानी राणाले नेपाललाई लगानी, प्रविधि तथा विकासको मोडलमा सहयोगगर्न महासङ्घका अध्यक्ष राणाद्वारा आग्रह गरेकी छिन् ।
महासङ्घका पदाधारी र चीनको कुइचाओ प्रान्तको कुइचाओ उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चाङ चाओ को नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनिया“ उद्यमी व्यवसायीहरूबीच बुधबार महासङ्घ सचिवालयमा भेटवार्ता भएको हो । उपाध्यक्ष चाङ चाओ अखिल चीन उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समिति सदस्यसमेत हुन् ।
आगामी जुलाईमा चीनको कुइचाओ प्रान्तमा आयोजना हुने नेपाल चीन गैरसरकारी सहयोग मञ्चको बैठकको तयारी भेटघाटका लागि महासङ्घ आएको प्रतिनिधिमण्डलसँग भएको भेटवार्तामा नेपालमा चिनियाँ लगानीका लागि सम्भाव्य क्षेत्रहरूका विषयमा छलफल भएको थियो । चिनियाँ पक्षबाट चीनको एक्जिम बैङ्कको कुइचाओ शाखा नेपालमा लगानी गर्न निकै सकारात्मक रहेको र कुइचाओ विश्व विद्यालय नेपालको शैक्षिक विकासमा तालीम तथा नेपाली विद्यार्थीको उच्च शिक्षामा सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए ।
आगामी जुलाईमा चीनको कुइचाओ प्रान्तमा हुने नेपाल चीन गैरसरकारी सहयोग मञ्चको बैठकमा नेपालको तर्फबाट कृषि, पर्यटन, शिक्षा, ऊर्जा तथा पूर्वाधारलगायतका क्षेत्रमा छलफल राख्ने प्रस्ताव अघि सारेका छन् । महासङ्घका पूर्वअध्यक्ष एवम् नेपाल–चीन गैरसरकारी सहयोग मञ्चका सहसभापति रविभक्त श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरूको सहभागिता थियो ।
यसैबीच महासङ्घले पर्वतको पार्दीस्थित तल्लो मोदी हाइड्रोपावर परियोजनामा अज्ञात समूहद्वारा बम राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले विज्ञप्ति जारी गर्दै मुलुक नै विकासको मार्गमा अगाडि बढ्न अग्रसर भइरहेको अवस्थामा भएका यस्ता घटनाप्रति सरकारको ध्यानाकर्षण गराउ“दै त्यस्ता कार्यमा संलग्नहरुको खोजी गरी कानुनको दायरामा ल्याउन महासङ्घले माग गरेको छ ।